nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : अन्तरजातीय विवाह गर्दा जेल परेका मनोज राम रिहा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३, २०८०, ७:३३ मध्यान्ह
सप्तरी : अन्तरजातीय विवाह गर्दा जेल परेका मनोज राम रिहा

सौरभ यादव/सप्तरी । अन्तरजातीय प्रेमविवाह गर्दा कारागार पठाइएका सप्तरीको विष्णुपुर गाउँपालिका– ६ का मनोज रामले सर्वोच्च अदालतबाट आंशिक न्याय पाएका छन् । श्रीमतीलाई अपहरण गरेको आरोपमा डेढ महिनादेखि सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका मनोज आइतबार सर्वोच्चको आदेशपछि थुनामुक्त भएका हुन् । 

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रामको हकमा अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनले गत ८ असारमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेलगत्तै उनी थुनामुक्त भएका छन् । सप्तरी जिल्ला अदालतबाट पत्र आएपछि साँझै मनोजलाई छाडिएको कारागारका निमित्त प्रमुख सदानन्द दासले बताए । 

थुनामुक्त भएपछि मनोजले आंशिक न्याय पाएको प्रतिक्रिया दिए । ‘आंशिक रूपले न्याय पाएको छु, पूर्ण न्याय पाउन बाँकी छ । जातीय विभेदकै कारण म र मेरो परिवारलाई फसाउने प्रयास गरिएको थियो, मेरो न्यायको लडाइँमा सहयोग गर्ने मिडिया र सर्वोच्च अदालतलाई धन्यवाद,’ उनले भने । तर, आफ्ना परिवारको सदस्यले अझै न्याय नपाएको पनि उनले बताए ।

‘मेरो दाइ अझै थुनामै छन्, बुबा र एक भाइ भाग्नुपरेको छ, उनीहरूलाई पनि न्याय दिनुपर्छ,’ उनको माग छ । मनोज रामले आफ्नै श्रीमती बबिता इसरलाई अपहरण गरेको भन्दै व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि २४ जेठमा थुनामा पठाउने आदेश गरेको थियो ।

अन्तरजातीय प्रेमविवाहबाट छुटाउन बबिताका बुबा ललित इसरले छोरी नाबालिग रहेको र अपहरण भएको भन्दै मनोजविरुद्ध मुद्दा दायर गरेका थिए । उनैले पेस गरेको जन्मदर्ताका आधारमा जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीले मनोजलाई थुनामा पठाउने आदेश दिएका थिए । जब कि उनीहरूले कपिलवस्तु जिल्ला अदालतमा विवाह दर्ता गर्दा पेस गरेको कागजातमा भने बबिताको जन्मदर्ता फरक थियो । बुबाले आफ्नो नक्कली जन्मदर्ता बनाएर श्रीमान् मनोजलाई जेल हालेको बबिताले बताउँदै आएकी थिइन् । यसबारे पहिलोपटक ६ असारमा नयाँ पत्रिकाले ‘कभर स्टोरी’ प्रकाशित गरेको थियो । 

मनोजकी श्रीमती बबिताले पनि सर्वोच्चबाट न्याय पाएकोमा खुसी साटिन् । ‘हामीले ढिलै भए पनि केही न्याय पाएका छौँ, कसैले कसैलाई विवाह गर्दा जातीय विभेद नहोस्,’ उनले भनिन् । तीन वर्ष प्रेम सम्बन्धमा रहेपछि मनोज र बबिताले ०७९ कात्तिकमा प्रेमविवाह गरेका थिए । त्यसपछि गत जेठमा जिल्ला अदालत कपिलवस्तुमा ‘कोर्ट म्यारिज’ गरेका थिए । ‘कोर्ट म्यारिज’ गर्दा अदालतमा पेस गरेको जन्मदर्ता प्रमाणपत्रमा बबिताको जन्ममिति १६ असोज ०५८ छ ।

जब कि बुबा ललितले भने मुद्दा दर्ता गर्नुअघि अग्निसाइन कृष्णासवरन गाउँपालिका– ४ का वडासचिव कुशेश्वर यादवसँगको मिलेमतोमा बबिताको किर्ते जन्मदर्ता बनाएर जन्ममिति २४ वैशाख ०६७ कायम गरेका थिए, जुन प्रमाणपत्रमा दर्ता मिति भने २५ पुस ०७५ र जारी मिति २२ पुस ०७२ थियो । तर, दर्ता नम्बर पनि थिएन ।

श्रीमान्लाई जिल्ला अदालतले थुनामा पठाएपछि बबिता विभिन्न अधिकारवादी संस्था चहार्दै न्याय माग्दै सर्वोच्च पुगेकी थिइन् । सर्वोच्चले १० असारमा कारण देखाऊ आदेश जारी गरेको थियो । विपक्षीहरूबाट पनि जवाफ आइसकेर अंग पुगेपछि मुद्दा पेसी चढेको थियो । सर्वोच्चको आदेशसँगै अब मनोज थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । सप्तरी जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । साभार स्रोत-नयाँ पत्रीका बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि