nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पाकिस्तानी युवती र भारतीय युवकबीचको प्रेम, चर्चामा नेपाल

सजिलो पोस्ट सजिलो पोस्ट
असार २२, २०८०, १०:०१ मध्यान्ह
पाकिस्तानी युवती र भारतीय युवकबीचको प्रेम, चर्चामा नेपाल

बीबीसी । पाकिस्तानी युवती सीमा गुलाम हैदर र भारतीय युवक सचिन मीणाबीचको प्रेम सम्बन्ध छिमेकी भारतमा चर्चित बनेको छ । आफूहरूबीच इन्टरनेटमा पब्जी खेल्दाखेल्दै प्रेम सम्बन्ध गाँसिएको उनीहरूले बताएका छन् । उनीहरूबीच पहिलो भेट भने नेपालमा भएको थियो ।

त्यसैले भारत र पाकिस्तानमा चर्चामा रहेको ती दुई बीचको प्रेम प्रसङ्गमा नेपाल पनि जोडिन पुगेको हो । नेपाली अधिकारीहरूले सीमा दुई पटक नेपाल आएको पुष्टि गरेका छन् । उनीहरूका अनुसार पहिलो पटक आएर सीमा पाकिस्तान फर्किएको तर दोस्रो पटक नेपाल भित्रिएको मात्र देखिन्छ ।

पहिलो भेट नेपालमा, दोस्रो पटक बसबाट भारत

नेपालका अध्यागमन अधिकारीहरूका अनुसार सीमा पहिलो पटक २०७९ साल फागुन २६ गते अर्थात् २०२३ मार्च १० तारिखमा नेपाल विमानबाट आएकी थिइन् । पब्जी खेल्दाखेल्दै आफूहरूले प्रेम सम्बन्ध गाँसेको उनले भारतीय प्रहरी र संवाददातालाई बताएकी छन् । त्यसपछि उनी पाकिस्तानबाट र सचिन मीणा भारतबाट नेपाल आए । भारतीय सञ्चारमाध्यमहरूले संयुक्त अरब इमिरेट्स ९यूएई० को शारजाह हुँदै सीमा नेपाल पुगेको बताएका छन् ।

कतिपयले उनी दुबई हुँदै काठमाण्डू पुगेको जनाएका छन् । पक्राउ परेपछि सचिनले संवाददाताहरूलाई भनेका छन्, “नेपालमा हामीले केही दिन सँगै बितायौँ र सीमा पाकिस्तान फर्किइन् । भारतीय प्रहरीका अनुसार उनीहरूले सात दिन काठमाण्डूको होटलमा बिताएका थिए । नेपाली अध्यागमन अधिकारीहरूका अनुसार सीमा चैत ३ गते अर्थात् मार्च १७ तारिखमा पाकिस्तान फर्किएको देखिन्छ ।

दुई महिनापछि भने सीमाले सचिनसँग बिहे गर्ने निधो गरिन् र फेरि नेपाल हुँदै भारत पुग्ने योजना बनाइन् । उनी २०७९ साल जेठ २८ गते अर्थात् जुन ११ तारिखमा नेपाल आएको देखिन्छ। भारतको ग्रेटर नोएडाका डीसीपी साद मियाँ खानले भारतीय पत्रकारहरूलाई भनेका छन्, सीमा नेपालबाट बसमा सचिनसँग भेट्न भारत आइन् ।तर फर्किएको वा कतै गएको कुनै विवरण नभेटिएको नेपाली अधिकारीहरूले बीबीसीलाई बताएका छन् ।

घर फर्काइदिन पतिको अपील

बीबीसी हिन्दीमा अभिनव गोयलले लेखेका छन्ः अनलाइन गेम पब्जी खेल्दा दुवैको प्रेम यसरी झाँगियो कि सीमा चार छोराछोरीका साथ बिनाप्रवेशाज्ञा सीमा नाघेर सचिन भएको ठाउँमा पुगिन् । सीमाको विवाह सन् २०१४ मा पाकिस्तानको सिन्ध प्रान्तका बासिन्दा गुलाम हैदर जखरानीसँग भएको हो। उनीहरूका तीन छोरी र एक छोरा छन् । उनका पति सन् २०१९ देखि साउदी अरबमा रोजगारीमा छन् ।

त्यसपछि उनी बढी समय पब्जी खेल्दै बिताउन थालिन् । त्यस क्रममा भारत उत्तर प्रदेशको ग्रेटर नोएडाका सचिन मीणासँग सम्पर्क भयो । सीमा भन्छिन्, “दिनमा दुई९तीन घण्टा पब्जी खेल्थेँ, त्यस क्रममा सम्पर्क भएपछि हामीले मोबाइल नम्बर साटासाट गर्‍यौँ । त्यसपछि तीन वर्षसम्म उनीहरूको फोनमा लामो समयसम्म प्रेमपूर्ण कुराकानी चलेको उनीहरूले बताएका छन् । उनका पतिले पब्जी खेल्दा आफ्नी श्रीमती बहकिएको भन्दै उनलाई स्वदेश फिर्ता ल्याइदिन अधिकारीहरूलाई आग्रह गरेका छन् । आफूले प्रेमविवाह गरेको उनको भनाइ छ ।

आफूहरूबीच फोनमार्फत् नै सम्पर्क भएको र तीन९चार महिना कुराकानी गरेपछि विवाह गरेको उनले बताएका छन् । उनले युवतीका नातेदारहरू सहमत नभएपछि अदालतमा विवाह दर्ता गरेको जानकारी दिए ।त्यस बेला आफूले रिक्सा चलाउने गरेको र पछि राम्रो रोजगारीको निम्ति साउदी अरब पुगेको बताउँदै जखरानीले सम्पर्कविहीन भएको केही समयपछि सामाजिक सञ्जालबाट आफ्नी पत्नी भारतमा गिरफ्तार भएको थाहा पाएको जनाएका छन् ।

समाचारहरूका अनुसार परिवारका सदस्यहरूले पाकिस्तानी युवतीसँगको प्रेमबारे सुइँको पाएपछि उनलाई सम्झाएका थिए । आफूहरू गरिब भएकाले समस्या पर्न सक्ने बताउँदै सम्झाएको विवरणहरूमा उल्लेख छ । तर गिरफ्तारीपछि पनि सचिनले संवाददाताहरूसँग भने, “हामी एकअर्कालाई प्रेम गर्छौँ, सरकारले विवाह गराइदिनुपर्छ, हामीलाई घरजम गर्न दिनुपर्छ ।

भारतमा सुरक्षाबारे कस्तो चिन्ता ?

सचिनले सीमा भारत पुगेपछि एउटा कोठा भाडामा लिएका थिए। प्रहरीले खोजी गरिरहेको सूचना पाएपछि उनीहरूले यही असार १६ गते ९जुलाई १ तारिखमा० डेरा छाडेर निस्केको बताइएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा जुलाई ४ मा उनीहरूलाई हरियाणाको बल्लभगढबाट पक्राउ गरिएको जनाएको छ । सचिनका बुवा पनि पक्राउ परेका छन्। उनीहरूविरुद्ध राहदानी र विदेशी नागरिक मामिला लगायतका कानुनअनुसार उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ। नेपाल९भारत सीमा नाघेर प्रवेशाज्ञा नलिएकी पाकिस्तानी नागरिक आफ्नो देशमा पसेको विषयलाई लिएर भारतमा सुरक्षा चिन्तासँग जोडेर चर्चा गरेको पाइएको छ ।

पाकिस्तान नफर्किने अडान

नेपाल हुँदै भारत पुग्न सीमाले अचल सम्पत्ति पनि बेचेको विवरण सार्वजनिक भएको छ । पक्राउ परेपछि पनि उनले सचिनलाई प्रेम गर्ने बताउँदै पाकिस्तान नफर्किने अडान व्यक्त गरेकी छन् । उनले भनेकी छन्, “म सबै कुरा त्यागेर आएकी छु, म सचिनलाई निकै प्रेम गर्छु, म उनीसँग विवाह गर्छु । सचिनले पनि अब आफूहरूको विवाह गराइदिन सरकारसँग माग गरेका छन् । एनडीटीभीले अवकाशप्राप्त मेजर जेनरल पीके सहगलले युवतीका कागजपत्र, पूरा नाम र राहदानी जाँच नगरेर नेपालसँगको सीमामा खटिएका भारतीय सुरक्षाकर्मी चुकेको टिप्पणी गरेका छन् ।

चार छोराछोरीका र आफ्नो समेत गरी सीमासँग पाँचवटा पाकिस्तानी राहदानी रहेको उल्लेख गर्दै उनी भन्छन्, “त्यो निकै ठूलो भुल थियो । त्यसको निकै ठूलो मूल्य हिन्दुस्तानले चुकाउनुपर्ने हुनसक्थ्यो ।नेपाल र भारतका नागरिकले एकअर्काको देशमा आउजाउ गर्न भिसा लिनुपर्दैन । स्थलमार्गमा रहेका प्रवेशबिन्दुहरूमा त एकअर्काका नागरिकको पहिचानको निम्ति कडाइ गरेको पाइँदैन। सीमावर्ती क्षेत्रका बासिन्दाहरूको बढी आवतजावत गरिने भएकाले पनि कडाइ व्यावहारिक नहुने अधिकारीहरू बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले आफूलाई पाकिस्तानी युवतीबारे जानकारी नभएको र कसैले सोधखोज नगरेको बताए ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

मेडिकल काउन्सिलले ल्यायाे ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!