सप्तरी/असार १७ गते । सप्तरीमा विषादी सेवन गरेकी एक महिलाको उपचारका क्रममा मृ त्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको राजगढ गाँउपालिका १० निवासी २२ वर्षिया संगिता यादव रहेको प्रहरीले जनाएको छ ।
घरायसी बिषयलाई लिएर आफ्नै सासुआमा सँग बादबिवाद हुँदा नाम नखुलेको बिषादी सेवन गरेकी उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
सामान्य उपचार पश्चात् थप उपचारका लागी उनलाई धरानस्थित विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो । प्रहरीका अनुसार उनलाई धरानबाट बिराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएकोमा सोही अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो ।















Discussion about this post