nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रोग जितेर भोकसँग हारिरहेको बस्ती

सजिलो पोस्ट सजिलो पोस्ट
असार १४, २०८०, ८:०५ मध्यान्ह
रोग जितेर भोकसँग हारिरहेको बस्ती

जनकपुरधाम/असार १४ गते । आजभन्दा १५/१६ वर्षअघि मागेर खाने, भूमिहीन, कुष्टरोग प्रभावितलाई लक्षित गरी जनकपुरधाममा बनाइएको कोडियाबस्ती संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । समाजसेवी जमिरियादेवी कुर्मिनीले जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माण गरेको बीस कोठे भवनसहितको संरचना उहाँको निधनपछि संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।

कुनै समय करिब २२ परिवारका एक सय मान्छेको सामूहिक बसाइँ रहेको सो स्थानबाटै कुष्टरोग प्रभावितको औषधोपचार र उचित हेरचाह गरी नयाँ जीवन दिने काम भएको थियो ।

सडक किनारमा अपहेलित जीवन बाँचिरहेकालाई सम्मानित जीवन बाँच्न सिकाउने सोही बस्ती अचेल आफैँ नयाँ जीवनको पर्खाइमा छ । रङ्ग उड्दै गरेको अग्लोे पर्खाल । खियाँ लाग्दै गरेको फलामे प्रवेशद्वार (गेट) । त्यहीभित्र अग्लाअग्ला रुख र जीर्ण हुँदै गएको २० कोठे भवन । भवनजस्तै जीन्दगीको रङग उड्दै छ सुरुदेखि नै यहाँ बस्दै आएका बेचन मण्डलको पनि यो बस्तीको विगत र यसको योगदानका बारेमा जनकपुरका धेरैलाई जानकारी छ, तर पछिल्लो तितो कथाबारे भने धेरैजसो बेखबर छन् । कुनैबेला २०।२२ परिवारका करिब एकसय जनाले नयाँ जिन्दगी पाएको यो २० कोठे भवनका तीन कोठाबाहेक सबैमा ताला लगाइएका छन् ।

ती कोठामध्ये एउटामा बेचन मण्डलको पाँच जनाको परिवार र अर्कोमा एकल महिला गीता सदा आफ्ना पाँच सन्तानसहित बसिरहेकी छन् भने अर्को कोठामा २१ वर्षीय कृष्ण सदा एक्लै बस्न थालेको धेरै भइसक्यो । त्यो समय, जुनबेला कुष्टरोगी भनेपछि समाजले छिःछि दूरदूरको भावले हेथ्र्यो । जनकपुरधाम आसपासका कुष्टरोग प्रभावितको अवस्था पनि त्यही थियो । मागेर खानुपर्ने अवस्थाका अधिकांश भूमिहीन गरिब कुष्टरोग प्रभावितको त्यही अवस्था देखेर जनकपुर निवासी समाजसेवी जमिरियादेवी कुर्मिनीले धर्मशाला निर्माण गरिदिएकी थिइन् । छ कठ्ठा पाँच धुर जमिनमा २० कोठे भवन, भान्छा, मन्दिर र पठनपाठनका लागि शिक्षकसहितको व्यवस्था, कुष्टरोगीको नियमित औषधोपचार, खानपिनको बन्दोबस्त र उचित रेखदेखले ‘पूर्वजन्मको दोष’ देखाएर जीवनबाट हार खाएकामा जगाइएको आशाले बस्ती नै गुञ्जायमान हुँदै थियो तर विसं २०७२ साउन ११ गते जमिरियादेवीको मृत्यूपश्चात सो बस्ती उजाड बन्दै गएको छ ।

फेरि सडकमै

जमिरियादेवी जीवित हुँदासम्म यहाँ बसोबास गर्नेहरुको रेखदेख र गाँसबासका लागि सोहीअनुसारको बन्दोबस्त थियो । उनको निधनपश्चात भने सुरक्षा, संरक्षण र रेखदेखको अभावमा भवन जीर्ण बन्दै गएको छ । त्यही कारण आफूहरुलाई बस्न कठिन भइरहेको विजय सदाले बताए । कवाडी उठाउने काम गरिरहेका उनले वर्षौ बिताएको बस्ती छोडेर जानुपर्दा निकै दुःख लागिरहेको बताए । “१५/१६ वर्ष यही बस्तीमा बसियो । यही हुर्कियो । मेरो आमाले अन्तिम स्वास फेरेको ठाउँ पनि यही हो । माया त लाग्छ तर के गर्नु अहिले बस्ने अवस्था छैन”, सदाले भने,“जमिरियादेवि वितेपछि कसैले पनि रेखदेख गर्दैनन् । बिजुलीबत्ती छैन । बक्यौता रकम नतिरेको भनेर विद्युत प्राधिकरणले लाइन काटेको धेरै भइसक्यो । सक्नेले त काम गरिरहेका छन् तर कमजोर, एकल महिला, बालबालिकाले खानका लागि फेरि सडकमै सङ्घर्ष गर्नुपर्ने दिन आएको छ । यो देख्दा निकै नरमाइलो लागेको छ ।”

बेचन मण्डलले पनि जीर्ण संरचनाका कारण यहाँको बसाइँ निकै कष्टकर हुँदै गएको बताए । सडकबाट उठाएर यो बस्तीमा ल्याएकी जमिरियादेवीको निधनपछि फेरि सडकमै फर्किनुपर्ने अवस्था आएकोमा उनले दुःख व्यक्त गरे । “सुरुमा हामी सडकमा थियौँ । परिक्रममा रोडले उठिबास लगाएपछि आमा (जमिरियादेवी) ले धर्मशाला बनाएर यहाँ राख्नुभयो । २०/२२ परिवारका सदस्य रमाएर बसिरहेका थियौँ । आमाको निधनपछि भवन संरक्षण गर्न कसैले सहयोग गरेनन् । कोराना र त्यसपछि बढ्दै गएको समस्याले अहिले सबैसोले बस्ती छोडिसके, अहिले तीन परिवार मात्रै यहीँ बसिरहेका छौँ”, मण्डलले भने,“हाम्रा नौरदशजना सदस्यले यही ठाउँमा ज्यान गुमाएका छन् । मेरो आमा, एउटा छोरी र एउटा छोरोको ज्यान पनि यही गएको हो । पछिल्लो समय भवन जीर्ण छ, भूतप्रेत सताउँछ, मान्छे मर्छन् भनेर कोही बस्न मान्दैनन् । खै१ हामीहरुको बसाइँ पनि कति दिन हो । सम्झिँदा विरक्त लाग्छ ।”

जनकपुरधाम वडा नं सातका पूर्वअध्यक्ष जानकीराम साहले पनि भवनको संरक्षण र त्यहाँ बस्नेको सुरक्षा अभावमा बस्ती छोड्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए । आफ्नो कार्यकालमा वडास्तरबाट केही सहयोग भए पनि पछिल्लो समय धर्मशाला व्यवस्थापनका लागि कसैले ध्यान नदिँदा त्यहाँ बस्ने फेरि माग्ने र दैनिक गुजाराका लागि अन्य जोखिमपूर्ण काममा फर्किन थालेको साहले बताए । “जमिरियादेवीले पवित्र उद्देश्यसहित धर्मशाला निर्माण गर्नुभएको थियो । त्यहीँ बसेर धेरै रोगीले जीवनदान पाए । घरबारविहीनले आश्रय र बालबालिकाले शिक्षाको ज्योति पाए तर पछिल्लो समय सबैको विचल्ली हुँदैछ”, साहले भने,“जमिरियादेविको निधनपछि उहाँको पवित्र कार्यको उत्तराधिकारी बन्ने सपना कसैले देखेका छैनन् । बरु उत्तराधिकारी र धर्मसन्तानको नाममा केही मान्छेले व्यक्तिगत लाभ लिन खोज्दै गरेको सुनिएको छ । स्थानीय सरकारले पनि चासो दिएको छैन । वर्षौपछि मगन्ते हुनु नगरकै लागि अशोभनिय भएकोले सो धर्मशालाको व्यवस्थापनमा नगरपालिकाले नै ध्यान दिनुपर्छ ।”

फेरि भेटिएनन् प्रगास

गत मङ्सिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि हामी स्थलगत रिपोर्टिङमा जाँदा सो बस्तीका प्रगास सदा प्रवेशद्वार अगाडि पलेटी कसेर बसिरहेका थिए । चुनावको माहोल भएकाले सो बस्तीमा पनि चहलपहल बढिरहेको थियो । कुष्टरोगको औषधिसेवनपछि निको भएको बताउने सदाले कमजोर शारिरिक अवस्थाले परिवारका लागि खानेलाउने कुरा जोहो गर्न नसक्दा निकै समस्या भएको सुनाइरहेका थिए । “श्रीमति र छोरीहरुले मागेर ल्याएपछि मात्रै खान पाउँछु । पहिले जमिरियादेवि हुँदा समस्या भएको बेला सहयोग पाइन्थ्यो । अहिले त कसैले पनि हेर्दैनन् । नेताहरु पनि भोट माग्न आएको देख्छु तर अरु समय हाम्रोबारे कसैले खबर राख्दैनन् । अब त बाँच्नै मुस्किल भयो”, उनले भनेका थिए ।

यसपटक रिपोटिङमा जाँदा हामीले उनलाई खोज्यौँ । कही नदेखेपछि नजिकै रहेकी गीतादेवी सदा नाम बताउने महिलासँग बुझ्दा चुनावको केही महिनापछि प्रगासको निधन भइसकेको रहेछ । तिनै प्रगासको श्रीमति सदाले भनिन्,“रोग त थिएन तर कमजोर भइसकेको मान्छेलाई हावा (प्यारालाइसिस) लाग्यो ? बचाउन सकिएन ।”

सदाका अनुसार अहिले धेरैले बस्ती छोडे र बाँकी रहेका पनि बस्ती छोड्ने अन्तिम तयारीमा छन् तर उनीसँग भने कुनै विकल्प छैन । “पहिले सडकमा माग्दामाग्दै उहाँसँग विवाह भयो । घरको पत्ता नलागेरै उहाँको निधन भइसक्यो”, आँसु लुकाउँदै सदाले भनिन्,“धेरैले यो ठाउँ छोडिसके, अरुले पनि छोड्दै छन् तर मेरो त जाने ठाउँ कहीँ पनि छैन । खै ! अब फेरि सडकको बास हुनेपो हो कि १ भवन व्यवस्थापनका लागि कसैले सहयोग गरिदिए बस्न सकिन्थ्यो होला तर अहिले कसैले पनि दयामाया गर्दैनन् ।”

वडा नं सातका निवर्तमान अध्यक्ष साहकाअनुसार यो बस्तीमा दुई वर्षअघि (कोरोनाकालमा) ४० जनाको बसोबास थियो । त्योमध्ये प्रगासलगायत केहीको मृत्यु भइसकेको छ । त्यति धेरै बसोबास भएको यो बस्तीमा अहिले ११ जना मात्रै छन् । जमिरियादेवीको निधनपश्चात धर्मशाला छोडेर फेरि सडकमा आउँनेहरुको सङ्ख्या बढ्दैछ । यो सबैको चिन्ता र चासोको विषय हनुपर्ने उनको भनाइ छ ।-रासस

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि