जनकपुरधाम/असार १४ गते। जनकपुरधामका आलु प्याजका व्यवसायीहरुले प्रदर्शन गरेका छन् । सरकारले आलु र प्याजमा लगाएको १३ प्रतिशत भ्याट खारेजीको माग गर्दै आलुप्याज व्यवसायी जनकपुरधाममा प्रदर्शन गरेका हुन् ।
नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा आलु प्याजमा समेत मूल्य अभिवृद्धि कर लगाएकाले जनकपुरधामका आलु प्याजका व्यापारीहरु आन्दोलनमा उत्रेका छन ।
जनकपुरको पेठिया बजारबाट दर्जनौंको संख्यामा निस्केका आलुप्याज व्यवसायी हातहातमा आलु प्याजमा सरकारले लगाएको १३ प्रतिशत भ्याट खारेज गर, खुल्ला नाका बन्द गर लेखिएको ब्यानर र प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।
प्रदर्शन जनकचोकमा पुगेर कोणसभामा परिणात भएको थियो ।
कोणसभामा बोल्दै जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जे कुरामा पनि भ्याट लगाउने कदमले सरकारसंग राज्य संचालनको कुनै योजना नै नरहेको तर्क गरे ।
आलु प्याजका व्यापारीहरुको समस्यालाई मध्येनजर गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जुलुशमा सहभागी भई सर्मथन जनाएका छन । उनले सरकारले आलु प्याज लगायतका दैनिक उपभोगका वस्तुहरुमा लगाइएको कर फिर्ता नगरे आन्दोलनमा उत्रिने चेतावनी दिए । मुलुकलाई आत्मनिर्भर बनाउनका लागि जनताको ढाड सेक्ने गरी कर लगाए व्यापारी र जनता दुबैले नसहने उनले बताए ।
त्यस्तै, सरकारले आलु प्याजमा लगाएको मूल्य अभिवृद्धि कर फिर्ता नलिएसम्म सरकार विरुद्ध प्रदर्शन, जुलुस गरिरह्ने आलु प्याज व्यवसायी संघ जनकपुरधामका अध्यक्ष आलउद्दिन अन्सारीले चेतावनी दिए ।
केही दिन यतादेखि जनकपुरधामका आलु प्याजको भाउले आकाश छोएको छ । अधिकांश व्यापारीहरुले आलु प्याजको बिक्री बन्द गरेका छन् ।

















Discussion about this post