सप्तरी/बैशाख २५ गते । सप्तरीमा एक युवक र एक महिला झुण्डिएको अवस्थामा फेला परेका छन् ।
बिहीबार जिल्लाको बोदेबर्साईन नगरपालिका वडा न. ८ वैरियाही निवासी २० वर्षिय चित्ररंजन कुमार यादवले स्थानिय बगैचामा आपको रुखमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृ त फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै बुधबार जिल्लाको रुपनी गाउँपालिका ५ धुरगाम टोल निवासी २५ वर्षिया बबि दास आफ्नै घरको सुत्ने कोठाको धरैनमा साडिको पासो लगाई झुन्डिएको अवस्थामा मृत् फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुईवटै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post