सप्तरी/जेठ २५ गते । सप्तरीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् ।
सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं. १ जमुनीस्थित हुलाकी राजमार्ग सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते भएका छन् ।
पश्चिमदेखि राजविराजतर्फ आउदै गरेको स.१०प. २६५८ नं.को मोटरसाइकलले सोही सडक खण्डमा बिपरीत दिशाबाट जादै गरेको साईकलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट वडा नं. २ सिमरा सिग्यौन निवासी ४५ को नन्दलाल ठाकुर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते ठाकुरको दाहिने आँखाको माथि भागमा काटेको र शरिरको बिभिन्न भागमा चोट लागेकोले उपचारका लागी छिन्नमस्ता अस्पतालमा उपचारका लागि भर्ना गरिएकोछ ।
प्रहरीले मोटरसाइकल चालक रुपनी गाउँपालिका २ हरेवा बस्ने १८ वर्षिय मो. सहनसालाई नियन्त्रणमा लिएको छ ।
यस्तै मंगलबारै सोही गाउँपालिका वडा नं. १ जमुनी स्थित हुलाकी राजमार्ग सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
राजविराजदेखि पश्चिम तर्फ जादै गरेको स.४प.८७४५ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ६ औरही बस्ने ३७ वर्षिय अजय कुमार साह घाइते भएका छन् ।
उनको अनुहार र शरिरको बिभिन्न भागमा चोट लागेपछि उपचारका लागी छिन्नमस्ता अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post