धनुषा/जेठ २२ गते। जनकपुरधामको संकटमोचन विद्यालयमा भएको घट्नाका दोषीहरु माथि विद्यालयका प्रधानाध्यापकसहितका पीडित शिक्षक एवं विद्यालय व्यवस्थापन समितिले कारबाहीको माग गरिएको छ ।
आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जेठ १४ गते भएको घटना सुनयोजित भएको भन्दै दोषी पहिचान भएकाहरुमाथि विद्यालयका प्रधानाध्यापकसहितका पीडित शिक्षक एवं विद्यालय व्यवस्थापन समितिले कारबाहीको माग गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक बलिराम साहले कुटपिटमा संलग्न रहेका लक्ष्मी साहले १२ गते विद्यालयको विरुद्धमा टिकटक बनाएर १४ गते उनीसहित चार पाँच जनाले गुण्डा शैलीमा विद्यालयमा प्रवेश गरी विद्यालयका शिक्षक अखिलेश झामाथि निर्घात कुटपिटका साथै विद्यालयको भौतिक संरचनामा तोडफोड गरी क्षति गरेको भन्दै कारबाहीको माग गरेका छन् । उनीहरुले विद्यार्थीहरुलाई उक्साएर मनगढन्ते आरोप लगाएर योजनबद्ध रुपमा घटना गराएको भन्दै उनीहरुमाथि विद्यालयले अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गर्ने काम भए पनि हालसम्म कारबाही नहुँदा शिक्षकलाई पठन पाठन गराउनमा समस्या भएको प्रधानाध्यापक साहले बताए ।
निजहरुले विद्यालयका बेन्च, डेक्स, कम्प्युटर तथा सिसिटिभी क्यामरा, झयालको शिशाहरु गरेर करीब ७ लाखको क्षति गरेकाले उनीहरुवाट नै भर्न लगाउनका लागि पत्रकार सम्मेलन मार्फत प्रधानाध्यापकले माग गरेका छन् ।















Discussion about this post