सप्तरी/बैशाख ४ गते । सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ प्रसवनी टोलस्थित भित्री सडक खण्डमा दुई मोटरसाइकल एकआसपमा ठोकिदा दुबैको चालक घाइते भएका छन् ।
उत्तरबाट पश्चिमतर्फ जादै गरेको स.१०प.६९३७ नं. को मोटरसाइकलले बिपरित दिशाबाट आउदै गरेको स.२प.३६४६ नं. को मोटरसाइकल एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट स.१०प.६९३७ नं. को मोटरसाइकल चालक सोही गाउँपालिका २ निवासी २२ वर्षिय योगेश चौधरी र स.२प.३६४६ नं. को मोटरसाइकल चालक जिल्लाको सुरुङगा नगरपालिका ७ बस्ने २३ वर्षिय अरबिन्द कुमार साह घाइते भएका छन् ।
दुबै घाइतेको छिन्नमस्ता अस्पताल राजबिराजीमा उपचार भईरहेको तथा दुबै मोटरसाइकल प्रहरी नियन्त्रणमा राखि घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
















Discussion about this post