nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बैंकहरुका कर्मचारीको तलब सुविधामा एकरुपता ल्याउने तयारीमा राष्ट्र बैंक, एचआर हेडसँग कुरा गर्‍यो

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १९, २०७९, १:३५ मध्यान्ह
बैंकहरुका कर्मचारीको तलब सुविधामा एकरुपता ल्याउने तयारीमा राष्ट्र बैंक, एचआर हेडसँग कुरा गर्‍यो

चैत १९ गते । कम्पनीपिच्छे फरक-फरक रहेको बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवासुविधामा एकरुपता ल्याउन नेपाल राष्ट्र बैंकले पहल थालेको छ।

यसका लागि बैंक तथा वित्तीय संस्थाका कर्मचारी सम्बन्धि विनियमावली संशोधन गर्ने भएको हो। यसको तयारीका क्रममा राष्ट्र बैंकको नियमन विभागले वाणिज्य र विकास बैंकका अधिकारीहरुसँग छलफलसमेत गरेको छ।

नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट आफैं उपस्थित भएर वाणिज्य र विकास बैंकका मानव संशाधन (एचआर) विभाग प्रमुखहरुसँग बिहीबार दिनभरीजस्तो छलफल गरेका छन्।

छलफलमा संस्थापिच्छे सेवासुविधामा अन्तर देखिएको, ऐनमा लेखिएको व्यवस्थाहरु पनि फरक ढंगले व्याख्या भएको लगायतका विषयमा छलफल भएको थियो। राष्ट्र बैंकले असमानता हटाउने गरी विनियमावलीमा संशोधन गर्ने तयारी गरेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्मचारी विनियमावली कस्तो हुनुपर्छ भनेर मस्यौदा विनियमावली सार्वजनिक गर्छ। त्यसैलाई आधार मानेर बैंक तथा वित्तीय संस्थाले कर्मचारी विनियमावली लागु गर्नुपर्ने हुन्छ। यदि राष्ट्र बैंकले भनेजस्तो छैन भने त्यो कार्यान्वयन हुँदैन। विनियमावली बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा गएर स्वीकृत गर्नु पर्छ।

बैंकरका तर्फबाट लक्ष्मी बैंकका अमित शर्माले बुँदागत रुपमा समस्याका बारेमा ‘पावर पोइन्ट प्रिजेन्टेसन’ दिएका थिए। राष्ट्र बैंकका तर्फबाट पनि अहिलेको विद्यमान व्यवस्था र अभ्यासका बारेमा धारणा राखिएको थियो।

मर्जर भएका संस्थामा विशेष खालको समस्या देखिएको छ। फरक-फरक संस्थामा फरक-फरक सेवा सुविधाहरु भएको र मर्जरपछि त्यो मिलाउँदा कर्मचारी अन्यायमा परेको गुनासाहरु कार्यक्रममा उठेका थिए।

समान पद तर तलब-भत्तामा निक्कै ठूलो अन्तर, मुख्य समस्याका रूपमा प्रस्तुत गरिएको  थियो। 

‘राष्ट्र बैंकको अहिलेको नियममा खाइपाइ आएको घट्न नहुने व्यवस्था छ। त्यही अनुसार घटेको त छैन तर समान पद र उत्तिकै दक्षता हुँदा पनि कम तलबमा काम गर्नु पर्दा कर्मचारीको मनोबल कमजोर भएको गुनासाहरु पनि उठेका थिए,’ सहभागी एक बैंकरले सुनाए, ‘कर्मचारीलाई दिइने भत्ता, अवकाश सुविधालगायतका बारेमा पनि धेरै अन्तरहरु रहेको गुनासाहरु उठेका थिए।’

बिदाका बारेमा पनि बैंकपिच्छे फरक फरक व्यवस्था रहेको विषय उठेको थियो। कुनै बैंकले सुत्केरी बिदा ६० दिने र कुनैले ९८ दिनसम्म बिदा दिएका छन्। श्रम ऐनअन्तर्गत भएका ब्यवस्था कतिपयले पालना गरेका छन् भने कतिपयले बैंकका कर्मचारी अन्य सरह श्रमिक नभएको भन्दै छुट्टै नीति बनाएर पनि काम लगाएको पाइएको छ।

‘छलफलमा धेरै विषयहरु उठेका थिए। ती विषयहरुलाई गहन विश्लेषण गरेर कर्मचारी सेवासुविधा लगायतमा एकरुपता ल्याउनु पर्छ भन्ने मत बनेको छ,’ राष्ट्र बैंकका निर्देशक राजनविक्रम थापाले बिजमाण्डूसँग भने, ‘छलफलको उद्देश्य नै एकरुपता ल्याउने भन्ने हो। हामी थप छलफल, विश्लेषण गरेर विनियमावली संशोधन गर्छौं।’

कर्मचारीले पाउने बीमा सुविधा, औषधिउपचार, बिदालगायतको पैसाका बारेमा पनि छलफल भएको थियो। छलफलमा धेरैको मत एकरुपता ल्याउनु पर्छ भन्ने थियो भने केहीले संस्थाले कर्मचारीको दक्षता हेरेर निर्णय गर्न पाउनुपर्ने अधिकार सुरक्षित गरिदिनु पर्ने आवाज उठाएका थिए।

उनीहरुका अनुसार, समान तलबसुविधा हुँदा सरकारी संस्थाजस्तो हुने अवस्था आउन सक्छ। त्यसो हुँदा कर्मचारीको क्षमता, उसको परिपक्वता लगायत हेरेर सेवा सुविधाका बारेमा निर्णय गर्ने अधिकार सम्बन्धित संस्थाले पाउनु पर्छ।

कार्यक्रममा  ट्रेनी, करार र स्थाई कर्मचारीको सेवा सुविधाका बारेमा पनि छलफल भएको थियो। कुनै संस्थामा दुर्घटना भयो भने स्थायीले एक खालको सुरक्षाको प्रत्याभूति पाउने तर ट्रेनी र करारले त्यो नपाउने अवस्था छ। यसको मिलान गर्न आवश्यक रहेको पनि छलफलमा उठेको थियो।

‘त्यहाँ कतिपय मागहरु पनि आए। कतिपय गुनासाहरु पनि आए। त्यसो समाधान गर्नका लागि छलफल गरिएको होइन। अवस्था कस्तो छ र कसरी अगाडि बढ्नु पर्छ भनेर छलफल गर्न खोजिएको थियो,’ थापाले भने, ‘हामीले लिखितरूपमा गुनासा र सुझावहरु दिन भनेका छौं। आवश्यक परे फेरि पनि छलफल हुन्छ। त्यसपछि विनियमावली संशोधन गर्ने छौं।’ -बिजमान्डु बाट

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!