सप्तरी/फागुन २५ गते। मोटरसाइकल दुर्घटनामा परेर सप्तरीमा एकजनाको मृ त्यु भएको छ ।
गएराति राजबिराज नगरपालिका ११ पम्प नहर स्थित भित्रि सडक खण्डमा लौनियाबाट राजबिराजतर्फ जाँदै गरेको स ४ प ३२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ त्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा परि तिलाठि कोईलाडि गाउँपालिका २ लौनिया बस्ने ५० वर्षीय श्याम मण्डलको मृ त्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
दुर्घटना पश्चात् मण्डलको शरीरको विभिन्न भागमा चोट लागि छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचार भईरहेकोमा उपचारको क्रममा मृ त्यु भएको हो ।

















Discussion about this post