nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : बेहुला मातेपछि विवाह नै रद्द…

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २५, २०७९, ७:१७ मध्यान्ह
मधेस प्रदेश : बेहुला मातेपछि विवाह नै रद्द…

फागुन २५ गते। घरमा बिहेवारी हुँदा को खुसी हुँदैन र ? त्यस्तै खुसी थिए बाराको कलैया उपमहानगरपालकिा–१० मटिअर्वाको एक परिवार । तर बेहुला लिएर जन्ती जाँदा साथीहरुले मादक पदार्थमा नशालुपदार्थ मिसाएर खुवाइदिएपछि भने विवाह नै रद्द भयो । त्यसपछि भने बेहुलाको परिवार रनभुल्लमा परे । घटना साताअघि फागुन १० बुधबारको हो । 

कलैया उपमहानगरपालिका-१० मटिअर्वा गाउँबाट वीरगन्ज महानगरपालिका–२७ घुर्मी टोलमा जन्ती जाँदासम्मको माहोल निकै रमाइलो थियो । बेहुला, परिवार, आफन्त र गाउँले खुसी थिए । बाजाको तालमा महिला, पुरुष बच्चाहरु सबै रमेका थिए । दसगजामै गाउँ भएकाले वारि र पारिको टोलमा पनि खुसियाली थियो । दिनभर भोजभतेर खाँदै सबै बाजाको तालमा रमेका थिए । तर जब बेलुका बेहुलासहितको टोली विवाहका लागि बेहुलीको घरमा पुग्यो तब भने तनावपूर्ण स्थिति सिर्जना भयो । २२ वर्षीय बेहुला प्रेमचन्द मण्डल नशामा मातिएको देखेपछि बेहुली पक्षले विवाह नै रद्द गर्ने निर्णय गर्‍यो ।

बेहुला सजिएर जाँदा कसैले पनि उनले नशालुपदार्थ सेवन गरेको सुईंको पाएका थिएनन् । तर बेहुलीको घरसम्म पुग्दा उनी नशाले रन्थनिएर अनियिन्त्रित हुने अवस्थामा पुगिसकेका थिए । नशाको सुरमा तथानाम गाली गर्नुका साथै र्‍याल काट्दै मातिएको देखेपछि बेहुली पक्षले कुनै पनि हालतमा विवाह नगर्ने अड्डी कसे ।

बेहुली पक्षले जन्तीमा गएकाहरुको सत्कार गरेर राति नै फिर्ता गरे पनि बेहुला, उनका परिवार र नजिकका आफन्त र उनीहरु चढेर गएको गाडीलाई नियन्त्रणमा लिएर राखे । त्यसपछि भने सबैको खुसीमा मौनता छायो । एकछिन सबै अलमल्लमा परे । यतिमात्रै नभएर बेहुली पक्षले आफूले विवहाका लागि दिएको दाइजोसहितको खर्च नै फिर्ता मागेपछि बेहुला पक्ष रनभुल्लमा परे ।

भोलिपल्ट दिउँसो साढे ५ लाख बेहुली पक्षलाई नबुझाएसम्म बेहुलासहित उनको परिवारलाई नियन्त्रणमै राखिएको थियो । वडाध्यक्ष भोलिपल्ट विवाद मिलाउन पुगेका थिए । मटिअर्वाका वडाध्यक्ष मोहम्मद साबिर मियाँ ठकुराईले बेहुली पक्षलाई आफ्नै नामको साढे ४ लाखको चेक र एक लाख नगद दिएपछि भने नियन्त्रणमा परेकाहरु मुक्त गरिए ।

‘बन्धक छुटाउन आफ्नो चेक दिएर आफैं झमेलामा परेको छु,’ मटिअर्वाका वडाध्यक्ष ठकुराईले भने, ‘बेहुलालाई नशा गर्ने बानी थिएन तर खुसीमा उनकै साथीले बियरमा कडा नशालुपदार्थ खुवाइदिएछन् ।’ आफ्नै समाजको बेहुला र उनको परिवार बन्धकमा परेपछि आफ्नो नामको चेक दिएर सबैलाई छुटाएको उनले बताए ।

विवाहका लागि बेहुली पक्षले बेहुला पक्षलाई साढे ५ लाख नगद दाइजो दिएका थिए । ‘दाइजोको साढे ५ लाख नगद, विवाहमा सट्टापट्टा गरिएको बाजा, गाडी, भोजभतेर, गहना, लुगाफाटो सबै गरेर झन्डै १० लाख बेहुला पक्षले खर्चेको थियो । तर विवाह रद्द भएपछि उक्त खर्चिएको रकम तिर्न बेहुलाका बाबु शर्मा मण्डलले खेतबारी बेच्नु परिरहेको वडाध्यक्ष ठकुराईले दाबी गरे ।

जन्ती, टिकाटाला, कपडालगायतमा भएको सबै खर्च पनि बेहुली पक्षले जोडेर बेहुला पक्षबाट तिर्न लगाएको उनले बताए । ‘मैले नशा प्रयोग गर्ने गरेको थिइन् । बेहुला भएर घरबाट निस्कनुअघि साथीको दबबामा १ गिलास बियरमात्र खाएको थिएँ,’ बेहुलालाई उद्धृत गर्दै परिवारका एक सदस्यले भने, ‘त्यसपछि मलाई के भयो अरु कुरा थाहै भएन ।’

Tags: मधेश प्रदेश

Discussion about this post

Related Posts

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!