सप्तरी/फागुन २२ गते ।सप्तरीको हुलाकी सडक खण्ड अन्तर्गत बोदेबर्साईन नगरपालिका –५ बर्साईनटोल नजिक मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा एकजनाको मृ त्यु भएको छ ।
सप्तरीको बोदेबर्साईन नगरपालिका –५ बर्साईनटोल नजिक पश्चिम बाट पुर्व तर्फ आउदै गरेको बी.आर.३२ वाई ६०५७ नम्बरको मोटरसाइकल आफै आनियन्त्रित भएर रोडको छेउमा गाडिएको सांकेतिक पोलमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको बलान बिहुल गाउपालिका वडा न. ४ वेल्ही वस्ने ५५ बर्षिय विशो मण्डलको मृ त्युु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते मण्डलको तत्काल जिवन ज्योति अस्पताल बोदेबर्साईनमा उपचारको लागि लग्दा चिकित्सकले मृ त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सोही मोटरसाइकलमा पछाडि सवार १८ बर्षिय कमलेश कुमार शर्मा घाइते भएका छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

















Discussion about this post