सप्तरी/फागुन १३ गते । सप्तरीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एकजनाको उपचारको क्रममा मृ त्यु भएको छ ।
फागुन ४ गते सप्तरीको बलानबिहुल गाउँपालिका २ चन्ही चोक स्थित हुलाकी सडक खण्डमा बेल्हीबाट कुशाहतर्फ जाँदै गरेको ना ४ प ९३०१ नम्बरको मोटरसाइकललाई बोदेबर्साईनबाट भगवानपुर तर्फ जाँदै गरेको प्र१–०२–४५ प ९२११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट ना ४ प ९३०१ नम्बरको मोटरसाइकलमा सवार बलानबिहुल ४ बस्ने ५५ वर्षीय राम बाबु यादव घाईते हुँदा उनलाई उपचारको लागी न्यूरो अस्पताल बिराटनगर, लगिएको थियो ।
उपचारको क्रममा शुक्रबार उनको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post