वीरगञ्ज । झुक्याएर दोस्रो बिहे गर्न लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले झुक्याएर दोस्रो बिहे गर्न लागेका पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुर बस्ने अतावदीन देवानलाई प क्राउ गरेको हो।
देवानले केटी पक्षलाई झुक्याएर दोस्रो बिहे गर्न लागेका थिए। उनी पहिलो श्रीमतीलाई छाडिसकेको भनेर सोमबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतीपुर टोलकी एक युवतीसँग झुक्याएर विवाह गर्न पुगेका थिए।
तर उनकी श्रीमती र सासुले प्रहरीलाई यसबारेमा खबर गरेपछि प्रहरी बिहे रोक्न प्रसोतीपुर पुगेको थियो। देवानकी श्रीमती छोरीसहित विवाहको मण्डपमै पुगेकी थिइन्।
पछि देवानलाई छाडिएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए। देवानले दोस्रो बिहे गरिनसकेको हुँदा छाडिएको गिरीले बताए। ‘दोस्रो बिहे गर्न लागेको थियो। गरेको चाहिँ थिएन,’ उनले भने, ‘त्यही भएर मुद्दा चलाउन पाइएन। प क्राउ गरेका थियौँ, पछि छाड्यौँ।’














Discussion about this post