सप्तरी/फागुन ५ गते ।मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा सप्तरीमा एकजनाको मृ त्यु भएको छ ।
शुक्रबार सप्तरीको महदेवा गाउँपालिका १ चिमटी स्थित हुलाकी सडक खण्डमा डिमनबाट राजबिराजतर्फ जाँदै गरेको को २८ प ६५८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भई बिजुलिको पोलमा ठोकिदा राजबिराज नगरपालिका ११ फर्सेट बस्ने ३० वर्षीय प्रदिप कुमार यादवको मृ त्यु भएको हो ।
दुर्घटना पश्चात घाईते भएका उनलाई उपचारको लागि गाजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा पठाईएकोमा चिकित्सकले मृ त घोषणा गरेको सप्तरी प्रहरीले जनाएका छन् ।

















Discussion about this post