nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : नक्कली लालपूर्जा बनाइ पौने ३ करोड ऋण निकासा

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २६, २०७९, १२:३२ मध्यान्ह
सप्तरी : नक्कली लालपूर्जा बनाइ पौने ३ करोड ऋण निकासा

सप्तरी/माघ २६ गते। अर्काको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाइ बैंकबाट ऋण उठाएको खुलासा भएको छ । सप्तरीको राजविराज ८ का रवीन्द्र कुमार यादवको नाममा रहेको जग्गा राजविराज ९ का वर्षाना खातुनको नाममा नक्कली लालपूर्जा तयार गरी राजविराज १ का समसादले एनआइसी एसिया बैंक राजविराज शाखाबाट २ करोड ८० लाख रुपैयाँ स्वीकृत गराइ २ करोड ३० लाख रुपैयाँ विभिन्न व्यक्तिलाई भुक्तानी दिइएको खुलासा भएको छ ।

घटनापछि बिहान १० बजेदेखि नै बैंकमा सर्वसाधारणको भीड लागेको थियो भने वास्तविक जग्गाधनी र उनका आफन्तले विवाद गरेका थिए । उक्त कार्यमा सद्दामको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानमा पाइएको बैंक प्रशासनको भनाइ छ । वास्तविक जग्गाधनी यादवले आफूलाई थाहै नदिइ कसरी आफ्नो जग्गा धितो राखेर बैंकले ऋण दियो भन्ने विषय उठाउँदा स्थिति केहीबेर तनावपूर्ण बनेको थियो । उनले यसअघि अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित कित्ता नं. २२१ (९ को ख) को १० कठ ५ धुर जग्गा राजविराजस्थित सिटिजन बैंकमा धितो राखेर २० लाख रुपैयाँ ऋण लिएका छन् । उक्त बैंकले मालपोत कार्यालय राजविराजमा रोक्का गरिराखेको सोही जग्गा धितो राखेर एनआइसी एसिया बैंकले कसरी र कुन आधारमा २ करोड ३० लाख रुपैयाँ ऋण दियो भन्ने कुराको छानबिन हुनु पर्ने माग गरेका छन् ।

एक जना साथीले तिम्रो जग्गा राखेर कसैले एनआइसि एसिया बैंकबाट ऋण निकालेको जानकारी गराएपछि आफू हतार हतार बैंक पुगेको र बैंकबाट आफ्नो जग्गा अर्कैको नाममा रहेको थाहा पाएपछि चकित परेको रवीन्द्रले सुनाए । मालपोतका कर्मचारी समेतलाई मिलाएर खातुनको नाममा नक्कली लालपूर्जा बनाइ समसादले अन्य कागजात पेश गरेपछि बैंकले २ करोड ८० लाख स्वीकृत गरेको शाखा प्रबन्धक सन्तोष यादवले जानकारी दिए । उनले स्वीकृत भएको रकम मध्ये मुख्य ऋणी समसादले १ करोड ५० लाख तथा उनैको खाताबाट क्रमशः सद्दाम र एक सहकारी संस्थामा बाँकी रकम ट्रान्सफर भएको पाइएको छ ।

नक्कली कागजलाई मालपोतका कर्मचारीदेखि आवश्यक अन्य सबै ठाउँमा प्रक्रिया पु¥याएर पेश गरेको तथा बैंकलाई चाहिएको आवश्यक सबै कागजात पेश हुन आएकाले सोही आधारमा ऋण प्रवाह गरिएको उनको तर्क छ । “बैंकसँग लालपूर्जा नक्कली/असली छुट् याउने साधन छैन्, आवश्यक प्रमाणको आधारमा ऋण दिने हो, उनले भने–‘सबै कागजात दुरुस्त पाइएपछि ऋण उपलब्ध गराइएको छ ।” ऋणीले पेश गरेको कागजपत्र नक्कली भएको जानकारीमा आएपछि बुधबार बिहानै ऋणी परिवारका समसादसँग सम्पर्कको प्रयास गरे पनि सफलता प्राप्त हुन नसकेको उनले बताए ।

भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले पहिलेदेखि नै रोक्का रहेको जग्गा फुकुवा नहुँदै पुनः रोक्का गर्न नमिल्ने जिकिर गरे । उनले यस कार्यालयमा एनआइसी एसिया बैंकबाट जग्गा रोक्का सम्बन्धी कुनै पत्र नआएको समेत जानकारी दिए । उनले ऋणीद्वारा बैंकमा यदि त्यस्तो पत्र पेश गरेको छ भने त्यो पनि लालपूर्जा जस्तै नक्कली हुने दाबी समेत गरे । उक्त घटनाको अनुसन्धान गर्न बैंकको मधेश प्रदेश कार्यालयबाट सहप्रमुख नितेश श्रेष्ठको नेतृत्वको एक टोली पुगि अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले यस विषयमा चर्चा सुनिए पनि बैंक तथा पीडित भनिएका मध्ये अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको बताए । यसबारे बैंक वा पीडित भनिएका मध्येबाट उजुरी आए आवश्यक अनुसन्धान अघि बढाइने उनको भनाइ छ । सामाचार स्रोत-ईजनकपुरटुडे अनलाईन बाट

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!