महोत्तरी/पुस २ गते । जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाइ प क्राउ गरेको छ । ११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाइ प्रहरीले प क्राउ गरेको हो ।
जलेश्वर नगरपालिका–३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पन्चायत वस्ने नियन्त्रणमा लिएका थिए ।
भिठ्ठामोड प्रहरी चौकीवाट खटिएको प्रहरीले निजलाइ प क्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।














Discussion about this post