जनकपुरधाम/कार्तिक २२ गते । महोत्तरीमा बैलगाडीमा भारतीय नम्बरप्लेटको मोटरसाइकल ठोक्किएर एक युवकको मृ त्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको महोत्तरी गाउँपालिका ६ बस्ने २० वर्षीय शंकर पासवान रहेको प्रहरीले जनाएको छ ।
बीआर २०६२ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो मडइ र रतावाराको बीचमा बयलगाडामा ठोक्किए दुर्घटना भएको हो । मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्युु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
उनको श व पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।














Discussion about this post