धनुषा/कार्तिक १६ गते । धनुषामा टेम्पो अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको सबैला नगरपालिका–९ भठियनमा बुधवार टेम्पो अनियन्त्रित भई पल्टिदा चालकको मृ त्यु भएको हो ।

भठियनबाट दुई जना विद्यार्थीहरू बोकी खरियानी तर्फ जाँदै गरेको ज १ ह ३० ७३ नंम्बरको टेम्पो आज बिहान ११ बजे दुर्घटना हुँदा टेम्पो चालक सबैला नगरपालिका–१० खरियानीका ४४ वर्षीय रामसेवक पण्डितको मृ त्यु भएको छ ।

यस्तै, अटोमा सवार धनुषाकै शहिदनगर नगरपालिका–१ का सन्तोष यादवकी ५ वर्षीया छोरी अंसुकुमारी यादव र सोही नगरपालिका–१ का दिलिप यादवका ९ बर्षिय छोरा कृष्णा यादव घाइते भएका भएका छन् ।

टेम्पो पल्टिदा घाइते तीनै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने क्रममा चालक पण्डितको बाटोमा नै मृ त्यु भएको हो । घाइते २ जना बालबालिकाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।





















Discussion about this post