nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

साउदीमा बारा जिल्लाका एक युवक २४ दिनदेखि बेप त्ता

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २०, २०७९, ७:४९ मध्यान्ह
साउदीमा बारा जिल्लाका एक युवक २४ दिनदेखि बेप त्ता

असोज २० गते। वैदेशिक रोजगारीका लागि साउदी गएका बारा सुवर्ण गाउँपालिका ६ का शेष सफिउल्लाह विगत २४ दिनदेखि सम्पर्कविहीन बनेका छन् । साउदी अरबको गोल्डेन चिकेन कम्पनीमा काम गर्दै आएका उनी भदौ २८ गते (१३ सेप्टेम्बर २०२२) देखि सम्पर्कविहीन बनेका हुन् । 

मानसिक सन्तुलन ठिक नभएपछि उनलाई कम्पनीले होस्टेलमा राख्ने भनेर लगेको थियो । त्यहीको पर्खाल नाघेर भागेका उनी सम्पर्कविहीन भएका हुन् । उनी भागेपछि कम्पनीले नेपालमा रहेको परिवारलाई खबर गरेको थियो । त्यसपछि उनको परिवारले परराष्ट्र मन्त्रालयमार्फत साउदीमा रहेको नेपाली राजदूतावासलाई खोजीका लागि आग्रह गरेको थियो । 

तर, उनी अहिलेसम्म सम्पर्कमा नआएको उनका दाजु शेष अतिउल्लाहले रातोपाटीलाई जानकारी दिए । ‘मानसिक सन्तुलन ठिक नभएपछि होस्टेलमा राख्ने भनेर लगेको रहेछ । त्यही होस्टेलको पर्खाल नाघेर भाग्यो भन्ने जानकारी आएको छ । यथार्थ के हो थाहा छैन ।’ उनले भने । 

कम्पनीले उनको घर परिवारलाई होस्टेलबाट भागेको बताए पनि सोही कम्पनीमा काम गर्ने नेपालीहरूले भने उनलाई बेपत्ता पारिएको बताएका छन् । रातोपाटीको सम्पर्कमा आएका एक नेपालीका अनुसार उनलाई कम्पनीकै कर्मचारीले अर्को ठाउँमा लैजाने भनेर लगेका थिए । त्यहीबाट उनी सम्पर्कविहीन बनेका हुन् । अर्को ठाउँमा लैजाने कर्मचारी फर्किएर ‘तिम्रो मान्छे भाग्यो’ भनेका थिए । 

मानसिक सन्तुलन ठिक नभएको व्यक्तिलाई घर पठाउनु वा उपचार गराउनुको साटो कम्पनीले अर्को ठाउँमा पठाएको र त्यहीबाट हराएको ती नेपालीको भनाई छ । 

‘पछिल्लो समय धेरै बोल्ने, बेहोस हुने समस्या देखिएको थियो । त्यस्तो बिरामीलाई उपचार गर्नु त कता हो कमसेकम घर पठाइदिनुपर्ने नि ! अर्कै ठाउँमा लैजाने भनेर लगेका थिए । यता फर्केपछि त भाग्यो भने । गाडीमा हालेर लगेको त्यसमा पनि सुरक्षा गार्डसहित लगेको व्यक्ति कसरी भाग्छ ?’ ती नेपालीले भने । 

उनी सम्पर्कविहीन भएपछि कम्पनीमा कार्यरत नेपालीहरू बुझ्न गएका थिए । उनीहरूलाई अर्को ठाउँमा लैजाँदा भागेको भनेर जानकारी दिएका थिए । उनी सम्पर्कविहीन भएको विषयमा रियादमा रहेको नेपाली राजदूतावासले पनि सूचना जारी गरेको छ । आफ्नो सामाजिक सञ्जालमार्फत पोष्ट गर्दै दूतावासले उनलाई सम्पर्कमा आउन भनेको छ ।   

उक्त कम्पनीका काम गर्ने ७० भन्दा बढी नेपालीहरू यतिबेला चिन्तित बनेका छन् । उनीहरूलाई एकातिर आफ्नो साथी हराएको चिन्ता छ भने अर्कोतिर भोलि के हुने हो भन्ने डर छ । ‘हामीले काम गर्ने कम्पनी २ ठाउँमा छ । शेष बिरामी भएपछि उनलाई अर्को ठाउँमा लैजाने भनेर लगेका थिए । अर्को ठाउँ जान हाम्रोबाट गाडीमा डेढ २ घण्टा लाग्छ । भाग्न सक्ने सम्भावना नै छैन । उनीहरूले कहीँ कतै लगेर के गर्‍यो शङ्काको विषय छ ।’ ती नेपालीले भने । 

अर्का नेपालीले भने कम्पनीले भोलि अस्पताल लैजाने भनेको राति नै उनी भागेको बताए । ‘कम्पनीले भोली अस्पताल लैजान्छु भनेको थियो । तर, यो मान्छे राति नै कता गयो थाहा भएन् । धेरै खोजी गर्‍यौं पत्ता लगाउन सकिएन् ।’ ती नेपालीले भने । 

उनका दाजु शेख अब्दुल हवाब पनि साउदीमै छन् । भाइको खोजीका लागि उनी  लागि सबै निकाय धाइसकेका छन् । तर, अहिलेसम्म सम्पर्कविहीन बनेको उनको भनाई छ । 

उनी सम्पर्कविहीन भएपछि घर परिवार यतिबेला निकै पीडामा छ । उनी करिब ८ महिना अघि मात्रै नेपालबाट वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए । राम्रैसँग काम गर्दै आएका उनी पछिल्लो समय डिप्रेशनको शिकार बनेका थिए । 

दूतावासले समेत उनको खोजीको लागि पहल गरिरहेको छ । तर, अहिलेसम्म कति कतै फेला नपरेको दूतावासले जनाएको छ । उनका दाजु शेष अतिउल्लाहका अनुसार उनी केही वर्ष अगाडि पनि डिप्रेशनको शिकार बनेका थिए । पछि उपचार गराएर ठिक भएका थिए । 

‘केही वर्ष अगाडि यस्तो समस्या देखिएको थियो । त्यसपछि उपचार गराएर ठिक भएको थियो । साउदी पुगेपछि राम्रैसँग काम गरिरहेका थिए । केही महिनादेखि उनी धेरै बोल्ने, बर्बराउने गर्न थालेका थिए । त्यस्तो अवस्थामा रहेको मान्छेको कम्पनीले उपचार गराउनुपर्थ्यो । समयमै उपचार गराइदिएको भए आज यस्तो अवस्था आएन थिएन,’ उनले भने । उनले भाइको खोजीका लागि पहल गरिदिन सबैमा अनुरोध गरे । 

Tags: बारा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि