सप्तरी/भदौ ८ गते। टेम्पुले रोकिरहेको साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृ त्यु भएको छ।
मृ त्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ६ गोरगामा टोलका ५५ बर्षिय राम बिलाश राय रहेका छन् । उनको उपचारको क्रममा मृ त्यु भएको हो ।
विष्णुपुर–६ रंजितपर स्थित राजबिराज तिलाठी सडक खण्डमा तिलाठीबाट राजबिराज तर्फ आउदै गरेको प्रदेश २ – ०१ – ००१ ह ०९१८ नम्बरको टेम्पुले रोकिरहेको साईकल यात्री रायलाई ठक्कर दिदा छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भइरहेकोमा उपचारको क्रममा उनको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृ तक रायको श वलाई कानुन बमोजिल लास जाँच मुचुल्का समेतको कार्य सम्पन्न भई पोष्टमार्टम कार्य भइ सकेको अन्य थप अनुसन्धान कार्य भरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post