आदित्य अजय/सप्तरी ७ गते। सप्तरीमा हायस गाडीको टायर पड्किएर दुर्घट्ना भएको छ । दुर्घटनामा एक जनाको मृ त्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
मृ त्यु हुनेमा झापाको कन्काई नगरपालिका ८ बस्ने ५२ बर्षीय अमृका ओली रहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जनाएको छ ।
आज दिउसोको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ स्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको हायसको ड्राईभर साईडको पछाडीको टायर अचानक पडकी आफै अन्यन्त्रित भई दुर्घट्ना भएको हो।
घाईतेहरु
१. हयास चालक जिल्ला झापा बिर्तामोड ना.पा. ४ बस्ने अं. बेष ४३ को दुर्गा बहादुर मगर
२. जिल्ला मोरङ गछिया ना.पा. ४ बस्ने अं. बर्ष १९ की सबिना राई
३. जिल्ला रौतहट बस्ने अं.बर्ष २४ को मनोज जैसवाल
४. देश भारत दिल्ली बस्ने अं. बर्ष ४६ को ईमराम अहमद
५. सह चालक जिल्ला बिर्तामोड ना.पा. ४ बस्ने अं. बर्ष २९र३० को हिमाल प्रसाद
६. जिल्ला चितवन रत्ननगर ना.पा. ९ बस्ने अं. बर्ष ४८ को बिनोद प्रसाद शर्मा
७. जिल्ला मोरङ उर्लाबारी ना.पा. अं. बर्ष ४२ कि तारा बिक
८. जिल्ला झापा दमक ना.पा. ३ बस्ने अं. बर्ष २९ को अशोक माझी
९. जिल्ला संखुवासभा तयैनपुर ना.पा. १० बस्ने अं. बर्ष ३३ को गोबिन्द भण्डारी
१०.जिल्ला झापा कन्काई ना.पा. ८ बस्ने अमृकाकी छोरी अं. बर्ष २९ की बिछा ओलि
११. जिल्ला झापा बस्ने अं. बर्ष २४ को अन्जना अधिकारी
१२. जिल्ला झापा बस्ने निज अन्जनाको बहिनि अं. बर्ष २० की सिर्जना अधिकारी
१३. जिल्ला झापा कन्काई ना.पा. ४ बस्ने अं. बर्ष ४६ की सुसमिता संग्रौला

















Discussion about this post