सिरहा/श्रावण ८ गते । शनिबार साँझ सिरहामा पिकअपको ठक्करबाट एक बालिकाको मृ त्यु भएको छ।
कर्जन्हा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा प्र २–०१–००१ च ०३२७ नम्बरको पिकअपले १३ वर्षीया बालिकालाई ठक्कर दिँदा मृ त्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
पिकअपको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको क्रममा फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा मृ त्यु भएको हो। पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

















Discussion about this post