श्रावण १ गते ।धनुषामा भारतीय कारले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृ त्यु भएको छ ।
शनिवार राति ९ बजे ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत मिथिला नगरपालिकास्थित बसही पुल नजिक भारतीय कारको ठक्करबाट मोटरसाईकल चालकको मृ त्यु भएको प्रहरीले जनाएको छ ।
मृ त्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–१ ढल्केवरका ३६ बर्षीय शिवलाल यादव रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए । जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको ज.९प ९४३५ नम्बरको मोटरसाईललाई पछाडीबाट बिआर ०१ जेए ९७७० नम्बरको भारतीय कारले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाईकल चालक यादवलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै उनको मृ त्यु भएको प्रहरी निरीक्षक सिंहले जनाए । मृ तकको श व पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको उनले बताए ।
ठक्कर दिने भारतीय कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।





















Discussion about this post