सिरहा/असार ३० गते।सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा एक व्यक्ति मृ त भेटीएको छ ।
धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राती करेन्ट लागेर गेलबजार नपा ८ चोहर्वाका करिव ५५ वर्षिय अशेश्वर मण्डललको मृ त्यु भएको हो।
घर नजीकै खेतमा पानी पटाई रहेका उनलाई रातीको खाना खानलाई बोलाउन जाँदा मृ त भेटिएको परिवारीक स्रोतले जनाएको छ।
घटनाको तत्काल प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले घटनास्थल मुचुल्का उठाई पोष्टमार्टमको लागि प्रादेशकि अस्पताल लहान पठाइएको जनाएको छ। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।





















Discussion about this post