असार ९ गते । एक लघुवित्तका कर्मचारीले बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी ‘अविवाहित’ महिलाले बच्चा जन्माएकी छिन् ।
दाङको तुलसिपुर कारागारमा बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी कुसुम थापाले असार ६ मा अस्पतालमा बच्चा जन्माएकी हुन् ।
बैंकिङ कसुर मुद्दामा ३० लाख धरौटी तिर्न नसकेपछि बाँकेको जानकी गाउँपालिका–४ खजुरा घर भएकी थापालाई अदालतले थुनामा राख्न आदेश गरेको थियो । राप्ती प्रादेशीक अस्पतालमा उनले छोरा जन्माएकी हुन् ।
उनले आफू अविवाहित रहेको बताएकी छिन् । ग्रामिण विकास लघुवित्त संस्था लमहीमा फिल्ड सहायक हुँदा रकम हिनामिना गरेको भन्दै सो संस्थाले बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो ।





















Discussion about this post