सिरहा/बैशाख २९ गते। ट्रकको ठक्करबाट सिरहामा एक साइकल यात्रीको मृ त्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ९ मा पश्चिबाट पूर्वतर्फ गईरहेको को १ ख ७४३७ नम्बरको ट्रकले ठक्कर दिदा सिरहाकै गोलबजार नपा ८ का करिव ६५ वर्षिय रामगुलाम यादवको घटनास्थलमै मृ त्यु भएको हो।मृतक स्थानीय खैनी व्यापारी रहेको बताईएको छ ।
सिरहाको प्रहरी प्रवक्ता सुभाष बुढाथोकीका अनुसार, दिउँसो २ बजेको समयमा विस्तार हुन लागेको पूर्वपश्चिम राजमार्गमा ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यू भएको हो ।
साइकल यात्री कताबाट आएको र दुर्घटना हुनुको कारणबारे अझै नखुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ। चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको छ।

















Discussion about this post