सप्तरी / बैशाख ५ गते। सप्तरीको अग्निसाईर कृष्ण सवरण गाउँपालिका–४ बनौलिमा आइतबार मोटरसाईकलको ठक्करबाट गोरुगाडामा सवार एक जनाको मृ त्यु भएको छ ।
आइतबार बेलुकी पौने ८ बजे स ११ प २८९७ नम्बरको मोटरसाईकलले गोरुगाडालाई पछाडी ठक्कर दिदा स्थानिय ५० वर्षिय अर्जुन शर्मा गम्भिर घाईते भएका थिए ।
उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृ त्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महुलीले जानकारी दिएको छ ।

















Discussion about this post