महोत्तरी/फागुन ५ गते। महोत्तरीको गौशालामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृ त्यु भएको छ ।

स १ च १३९३ नम्बरको एम्वुलेन्सले ठक्कर दिदा गौशाला नगरपालिका ११ बस्ने ३५ बर्षिय तेजलाल महतोको मृ त्यु भएको हो । गौशाला नगरपालिका १ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा काम गरेर साईकलमा घर फर्केने क्रममा ठक्कर दिएको थियो ।
बुधवार राति ९ बजे रामनगरबाट गौशालातर्फ जाँदै गरेको समयमा पछाडिबाट आएको एम्वुलेन्सले ठक्कर दिदा महतो घाईते भएका थिए । तत्काल उपचारको लागि जनकपुर लाने क्रममा उनको वाटोमै मृ त्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने एम्वुलेन्स र चालक सर्लाहीकोऊ वरहथवा नगरपालिका ९ घर भएका ३४ बर्षिय रामविहारी महतोलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।














Discussion about this post