माघ ११ गते। बेहुला बोक्ने रथले किचेर बारामा २ जनाको मृ त्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
बाराको आदर्शकोतवाल गाउँपालिकामा गएराती बेहुला बोकेर निस्केको जन्तीमा रहेको रथ अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको मृ त्यु भएको हो । घटनामा अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृ त्यु हुनेमा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा बस्ने बनारसी रामको छोरी १६ वर्षीया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ जानकीनगर बस्ने दिपेन्द्र रामको श्रीमती २५ वर्षीया बालकुमारी राम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार रथ अचानक तिव्र गतिमा कुद्दा रथको अगाडी रहेका मानिसहरुलाई कुल्चिएका थिए । रथबाट कु ल्चिएर घटनास्थलमै दुई जनाको घटना स्थलमै मृ त्यु भएको थियो ।
स्थानीय लक्षु राम महरा चमारको छोरा सियाराम महरा चमारको बिहेका लागि चार पाङ्ग्रे रथ गाउँमा ल्याईएको थियो । रथ समेत लिएर गाउँकै ब्रम्ह स्थानमा पुजा गरी फर्किने क्रममा रथ अनियन्त्रित भई पल्टिएको बारा प्रहरी नायव उपरीक्षक राजेश थापले बताए ।
रथ पल्टिएर कि च्दा दुई जनाको घटनास्थलमा नै मृ त्यु भएको र अन्य १३ जना घाईतलाई उद्दार गरेर उपचारका लागि कलैया अस्पताल ल्याईएको प्रहरी प्रवक्तासमेत रहेका थापाले जानकारी दिए ।घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको थापाले बताए ।














Discussion about this post