उमेश कुमार साह/सप्तरी/कार्तिक २७ गते।सप्तरी उद्योग बाणिज्य संघको मंसिर ४ गते हुने निर्वाचनका लागि उद्योगि लालुप्रसाद अग्रवाल र वर्तमान कार्यसमितिका उपाध्यक्ष शंकर दासले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । एघारौं शाखा अधिवेशन तथा साधारण सभाबाट गठन हुने नयाँ कार्य समितिका लागि शुक्रबार दुबै जनाले आ–आफ्नो समूह बनाएर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्षसहित १४ पदका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार लालुप्रसाद अग्रवाल र उनको समूहबाट उद्योग तर्फको उपाध्यक्ष दुर्गानन्द साह, बाणिज्य तर्फको उपाध्यक्ष रमेश साह, महासचिवमा अमृत संचेती, सचिव सुरेन्द्र बिमल यादव, कोषाध्यक्ष प्रमोद काबरा र सहकोषाध्यक्षमा अनिल सिंहले मनोनयन पत्र दर्ता गराएका छन् । उक्त समूहबाट सदस्य पदमा सन्तोष सिंन्हा, बिनोद साह, सचिन्द्र दास, मो. साहिर, सुरेन्द्र साह, कमल साह र महिला सदस्यमा अम्बिका दाहालले मनोननय पत्र दर्ता गराएका छन् ।
अर्को तर्फ अध्यक्षसहित १४ पदका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा शंकर दासको समूहबाट उद्योग तर्फको उपाध्यक्षमा रामअशिष स्वर्णकार, बाणिज्य तर्फको उपाध्यक्ष गौरीशंकर साह, महासचिवमा सुरज सिंह, सचिवमा गुलामबदी उजुम खाँ, कोषाध्यक्षमा दिनेश प्रसाद साह, सहकोषाध्यक्ष निर्मल मुन्धडाले उम्मेदवारी दर्ता गराएका छन् । उक्त समूहबाट सदस्य पदका लागि संजय पुर्वे, शिवनारायण साह, प्रमोद प्रसाद साह, कृष्णदेव भगत, अशोककुमार यादव र प्रतापकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । सो समूहबाट महिला सदस्य पदमा साधना दासको उम्मेदवारी परेको यस्तै उद्योग उपाध्यक्षतर्फ बासुदेव साह समेतले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यतर्फ दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका संयोजक रामकुमार यादवका अनुसार १४ पदका लागि ३३ जनाले उम्मेदवारी दिएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा जिल्लाभरिका १ हजार ३ सय २१ जना मतदाता रहेको जानकारी दिँदै उनले उक्त दिन हुने निर्वाचनका लागि राजविराजस्थित केअमाबिको प्राङ्गणलाई निर्वाचन स्थल तोकिएको बताए ।
नयाँ निर्वाचनबाट एक जना अध्यक्ष, एक जना उधोग उपाध्यक्ष, एक जना बाणिज्य उपाध्यक्ष, एकजना महासचिव, एक जना सचिव, एक जना कोषाध्यक्ष, एक जना सहकोषाध्यक्ष, ६ जना सदस्य तथा एक जना महिला सदस्य गरि १४ जना निर्वाचित हुने प्रावधान रहेको निर्वाचन समितिका सदस्य सतिश दत्तले जानकारी दिए ।





















Discussion about this post