अरुण कुमार यादव/सप्तरी/असोज १७ गते। जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज साँझ राजविराजमा बिरोध प्रर्दशन गरेका छन ।
स्थानिय शिव मंदिरबाट सुरु गरिएको बिरोध प्रर्शन नगरको बिभिन्न भागमा प्रदर्शन गरि जनआनदोल चौकमा कोन सभा गरिएको छ ।
आयोजित कोण सभामा प्रदेश सचिव शम्भु झाले अख्तिया दुरुपयोग अनुसन्धान आयोगले गरेको मुख्यमन्त्री कार्यालयमा गरेको छपामारी प्रति आपाति जनाएका छन । उनले नेपालमा सुनकाण्ड,ललिता निवास काण्ड भएपनि त्यहा कुनै छापामारी हुदैन तर प्रदेश दुई सरकारको मुख्यमन्त्री कार्यालयमा अख्तियारले बिना सुचना छापामारी गर्नु घोर निन्दनिय भएको बताए ।
त्यस्तै केन्द्रीय सदस्य असोश यादवले देशमा परिर्वतन र बिकास गरि रहेका प्रदेश सरकारको कार्यालयमा अख्तियारले गरेको छापामारी घोर आपती जनक भएको बताए ।बिरोध कार्यक्रममा महिला नेतृ रमिला देवी साह, बिकास तिवारी ,बलानबिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइत लगायतका मन्तब्य गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छापा मारेको विरोधमा केन्द्रिय कार्यालयबाट आएको अख्तियारको टोलिले गत बुधबार दिउँसो मुख्यमन्त्री कर्यालयमा छापा मारेको थियो । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत भएको साइकल खरिदको कागजात अख्तियारले लगेको थियो । त्यसकै बिरोधमा आज राजविराजमा जसपाले बिरोध पर्दशन गरेका छन ।
















Discussion about this post