जनकपुरधाम/असोज ११ गते। प्रदेश २ की एक सांसदले स्वकीय सचिव समेत रहेका आफ्ना पतिले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयलाई निवेदन लेखेकी छन् ।

प्रदेश सांसद प्रमिला यादवले स्वकीय सचिव समेत रहेका पति अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी हुन् । प्रमिला नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् ।
अशोक चढ्ने मोटरसाइकलको २०७८ सालको कर छुट गरिदिन सांसद प्रमिलाले आफ्नै लेटरप्याडमा निवेदन लेखेकी हुन् ।
उक्त निवेदन लिएर सोमबार अशोक यातायात कार्यालय लहान पुगेका थिए । तर, कार्यालयले कर छुट गर्न नमिल्ने प्रतिक्रिया दिएको छ । कार्यालय प्रमुख मीन भट्टराईले अर्थमन्त्री आए पनि कर छुट गर्न नसकिने बताए । ‘कसैको यातायातको कर छुटका लागि सरकारको मन्त्रीस्तरकै निर्णय हुनुपर्छ,’ भट्टराईले भने, ‘मैले पनि उहाँलाई यो कुरा भनेर पठाएँ ।’
कार्यालयले सांसदको पत्रमा कर छुट नगरेपछि अशोकले करबापतको रकम तिरेको भट्टराईले बताए ।
अनलाईन खबर बाट





















Discussion about this post