nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कस्तो अनौठो चलन, जहाँ भगवानसँग गरिन्छ व्यापारिक साझेदारी

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १३, २०७८, ८:४९ मध्यान्ह
कस्तो अनौठो चलन, जहाँ भगवानसँग गरिन्छ व्यापारिक साझेदारी

एजेन्सी । हामीले व्यापारिक साझेदारीका अनेकौँ रंगरुप देखेका छौँ । धेरै तरिका र सर्तहरूबिच व्यक्ति–व्यक्ति, व्यक्ति र कम्पनी, कम्पनी–कम्पनीले पार्टनरसिपमा व्यापार गरिरहेका प्रशस्तै उदाहरण भेटिन्छन् । 

तर, भारतमा एक त्यस्ता भगवान छन् जोसँग मानिसहरू पार्टनरसिपमा व्यापार गर्छन् । रोचक त यो छ की यो पार्टनरसिप बकाइदा लिखितरुपमा घोषणा गरिन्छ । सम्झौता पत्रमा उल्लेख भएअनुसार मुनाफाको हिस्सेदारी र बाँडिन्छ ।  

ती भगवानको नाम हो, सावलिया सेठ । भारतको राजस्थान स्थित चित्तौडगढमा रहेको यो मन्दिरमा भक्तजनहरू गएर भगवानसँग पार्टनरसिप गर्छन् । उनीसँगको पार्टनरसिपमा आफ्नो मुनाफाको २० प्रतिशतसम्म हिस्सा बाँड्ने सम्झौता गरेर व्यापारीहरू फर्कने गरेका छन् । 

श्रद्धालुहरूलाई यो विश्वास छ की कुनै पनि पार्टनरले व्यापारमा नाफा घाटा जे मा पनि हिस्सेदारी लिन्छ त्यसैगरि भगवान सावलिया सेठले पनि शुखदुखमा साथ दिन्छन् । व्यापारीहरूले उनीसँगको सम्झौता गर्दा सुरुमै सङ्कल्प गरेर जान्छन् र दान पत्रमा केही रकमसहित भगवानसँग गरेको सम्झौता पत्र लेखेर दान पेटिकामै छिराउने गर्छन् । 

हरेक महिना यो दान पत्र खोल्ने गरिन्छ । यसरी व्यापारीहरूले स्वविवेकका गरेको सम्झौता पत्र मन्दिरमन्डलले आफ्नो साथ राख्ने गर्छन् । जब मानिसहरूले आफ्नो व्यापारमा मुनाफा कमाउँछन् उनीहरू आफै हिसाब गरेर भगवानको भागको मुनाफा ल्याएर दिने गर्छन् । 

यसरी सावलियासँग मानिसहरूले साझेदारी गर्न थालेको घटना पनि रोचक छ, के विश्वास गरिन्छ भने नरसी भगत नाम गरेको एक सन्त थिए । उनी धेरै नै गरिब थिए । तर, भगवान कृष्णका भने अनन्य भक्त थिए । उनका छोराको नाम थियो, साम्बला दास भगत । कुनै एउटा घटनामा उनको छोराको अचानक मृत्यु भयो । छोरीको विवाहको कुरा गरिरहेका थिए ।

त्यसै बेला छोरीको विवाह हुने परिवारको तर्फबाट दाइजोको एउटा निकै लामो सूची उनको हातमा थमाइयो । उनी गरिब भएका कारण छोरीको विवाह समेत समस्यामा पर्ने भएपछि मानिसहरूले उनको खिल्ली उडाए । यो सबै घटना भइरहँदा नरसी भगतले भगवान कृष्णलाई सम्झे र भने आज मेरो यो समस्याको हल गर्न तिमी आफै आउनु पर्छ । त्यसरी आफ्नो भक्तजनले स्मरण गरेपछि भगवान द्वारिकाबाट रानीहरूसहित गए । र, उनकी छोरीको भव्यताका साथ विवाह सम्पन्न गराए । 

यहि घटनापछि त्यहाँका मानिसहरूले उनको नाम सावलिया सेठ राखे । किनकि उनको छोराको नाम साम्बला दास थियो । जब छोरीको विवाहको बेला दुलहीका दाजुभाइले उनलाई दाइजो प्रदान गर्ने चलन रहेको हुँदा भगवान श्री कृष्णलाई नै उनको भाइको नाम साम्बलाले पुकार्न थालियो । र, त्यो मन्दिरलाई सावलिया सेठ भन्न थालियो । 

विगत १५० वर्षदेखिको यो मान्यता र व्यापारीको भगवानसँगको साझेदारी अहिलेसम्म पनि कायम छ । धेरैजसो किसानहरू सावलियो सेठसँग साझेदारी गर्छन् । यसरी त्यहाँ भगवानले हरेक महिना सात करोड भन्दा बढी भारतीय रुपैयाँ प्राप्त गर्ने गर्छन् । र, यसरी भगवानसँग साझेदारी गर्ने मानिसहरू त्यसमा आफ्नो ठाउँ ठेगानासमेत लेख्दैनन् । तर, भगवानले साझेदारीमा नाफाकोरुपमा एक किलो सुनको बिस्कुटदेखि लिएर विश्वका सबैजसो महँगा मुद्राहरू समेत प्राप्त गरिसकेका छन् । 

Tags: रोचक विश्व

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!