सिरहा/असोज ४ गते। सिरहा प्रहरीले प्र ति वन्धि त लागुऔषध गाँजा सहित धनुषाको एक युवकलाई नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले सिरहा नपा ६ वसविट्टा चौकबाट धनुषाको सवैला नगरपालिका १३ तिरथपुका २६ वर्षिय शुभ कुमार महतोलाई सावा ५ केजी प्र ति व न्धि त लागुऔषध गाँजा सहित प क्रा उ गरेको हो ।
प्रहरीले चेकजाँचको क्रममा ज. ११ प १७४३ नम्वरको मोटर साइकलबाट प्रतिवन्धित लागुऔषध गाँजा र २ थान नाईट्रोभेट ट्यावलेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शुवास बुढाथोकीले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखि थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।





















Discussion about this post