महेश सिंह सिरहा/लहान/भदौ ३० गते।स्थानीय तह तथा सरोकारवालाहरुसंग बिमा सम्बन्धि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालीकाको मेयर मुनि साह सुडीका अनुसार बिमा ब्यक्तीलाई हैन सामुहीक हुनुपर्छ र किसानहरुलाई सम्पुर्ण बिमा कम्पनीले सामुहीक रूपमा लहान नगरपालीका हाता भित्र संयुक्त काउनटर राखनु पर्ने बताए,ताकी किसानहरुले सहज तरिकाले बिमा गराउन पाउ र सरोकारवालाहरुको हौसला प्रदान हुन्छ उनले बताए ।
कार्यक्रमको बिशिस्ट अतिथि अशोक अमात्यका अनुसार बिमा समितिलाई जागरुक हुनै पर्छ र बिमा समितिको जनचेतना प्रत्येक ब्यक्तीसमक्ष पुगनै पर्छ बताए। बिमा प्रतिको जनचाहना सबैमा हुनुपर्छ लहान नगरपालीकाको प्रबक्ता राज कुमार साहले बताए ।

अर्को बिशिस्ट अतिथि लहान नगरपालीकाका उपमेयर सरियार चौधरीका अनुसार हाम्रो ठाउँमा बिमा महत्त्वपूर्ण रहेको बताए तर महिलाहरु बचत र बिमा गर्न अग्रसर रहेको बताए। समुहमा बधिएका महिलाहरुलाई बिमाको जनचेतना दिन आग्रह गरेका थिए। कार्यक्रममा दर्जनौं बिमा कम्पनीको प्रतिनिधीहरुको सहभागीता रहेको थियो।
बिमाले पुजीको सवालमा ब्यक्ती र राज्यलाई पनि सहयोग गर्ने गरेका छन् ।जब बिमाको दाबी भुक्तानी लिने बेलामा ढिलो भएको हुन्छ भने तेतिबेला बिमा प्रतिको आकर्षक घटीन जान्छ। वैदेशिक क्षेत्र भनेको नेपालको मुख्य विषय हो उनलेे प्रकाश् पार्नु भयो।
बिमा कम्पनी नाफा मुखि मात्र हैन बिमा कम्पनी सेवा मुखि पनी हो।बिमा कम्पनीले देशको अर्थ तन्त्रको बिकासको लागी काम गर्ने गरेका छौँ । कार्यक्रम उल्लेखनीय ब्यक्तीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिनु भयो।





















Discussion about this post