रौतहट/श्रावण २५ गते। प्रहरीले ९ लाख ९३ हजार रुपैयाँ नक्कली नोटसहित तीनजनालाई प क्रा उ गरेको छ ।
प क्रा उ पर्नेमा धनुषा बट्टेश्वर गाउँपालिका-४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका-९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो र महोत्तरी भङ्गाह नगरपालिका-४ प्रेमनगर बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् ।
उनीहरुलाई ईशनाथ नगरपालिका-४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ नक्कली नोटसहित आइतबार साँझ प्रहरीले प क्रा उ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपाली रुपैयाँ १ हजार दरको उक्त नक्कली नोटसहित फेला पारेको प्रहरीको दाबी छ ।
प क्रा उ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।





















Discussion about this post