nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २, २०८३, ३:२८ मध्यान्ह
भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

जनकपुरधाम/असोज २ गते। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि जित्न सफल जनकपुरधामकी सान्वी मण्डललाई उनको गृहगाउँ भोइलमा विशेष स्वागत तथा सम्मान गरिएको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चिनाउन सफल सान्वीलाई मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले विशेष समारोहबीच दोसल्ला ओढाएर तथा फूलमाला लगाएर सम्मान गर्नुभएको हो।

जनकपुरधाम उपमहानगरपालिका–१८ स्थित भोइल गाउँमा जन्मिएकी सान्वीले थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न ‘मिस वेलनेस वर्ल्ड २०२६’ प्रतियोगितामा विश्वका विभिन्न देशका प्रतिस्पर्धीलाई पछि पार्दै मुख्य उपाधि जित्न सफल भएकी थिइन्। सेप्टेम्बर २७ मा बैंककस्थित क्यालिप्सो क्याबरेमा आयोजित प्रतियोगिताको अन्तिम चरणमा उनले उक्त उपाधि हासिल गरेकी हुन्। प्रतियोगितामा २६ देशका प्रतिनिधिहरू सहभागी भएका थिए।

२२ वर्षिया सान्वी काठमाण्डौमा एमबीएमा अध्ययनरत छिन् । कमर्श क्याम्पसबाट बीबीए, ट्रिनिटी कलेजबाट ११ र १२ तथा जनकपुरधाम स्थित सिद्धार्थ सेकेण्ड्रीबाट एसईई उतीर्ण गरेकी थिइन् ।

नेपालकी सान्वीसँगै क्यानाडाकी प्रतिनिधिले ‘मिस वेलनेस वल्र्ड इन्टरनेसनल २०२६’, स्विट्जरल्यान्डकी प्रतिनिधिले ‘मिस वेलनेस वर्ल्ड क्रिएटिभ २०२६’, मोरक्कोकी प्रतिनिधिले ‘मिस वेलनेस वल्र्ड ह्युमनिटेरियन २०२६’ र इटालीकी प्रतिनिधिले ‘मिस वेलनेस वल्र्ड डिस्टिङ्क्सन २०२६’ उपाधि प्राप्त गरेकी छिन् ।

सान्वीको अन्तर्राष्ट्रिय सफलतापछि जन्मभूमि भोइलका बासिन्दाले उत्साहपूर्वक स्वागत गर्दै सम्मान कार्यक्रम आयोजना गरेका हुन्। उनको उपलब्धिले भोइल गाउँसँगै जनकपुरधाम, मधेश प्रदेश र समग्र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याएको स्थानीयले बताएका छन्।

समाजसेवी ई. विजय कुमार मण्डलको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रमको संयोजन बौधी माई पूजा समितिका अध्यक्ष भोगेन्द्र मण्डलले गर्नुभएको थियो। कार्यक्रममा भोइल गाउँका बासिन्दाले सहयोग तथा सहकार्य गरेका थिए।

समारोहमा मधेश प्रदेशसभा सदस्य ममता देवी मण्डल, ई. मनोज कुमार मण्डल, अरविन्द कुमार मण्डल, कमलेश मण्डललगायत स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम शिक्षक राम सिनेही मण्डलले सञ्चालन गर्नुभएको थियो।

समाजसेवी सञ्जय मण्डल र सविता मण्डलकी छोरी सान्वीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिष्ठित उपाधि हासिल गरेपछि गाउँमा खुसी र उत्साह छाएको छ। आफ्नो गाउँकी छोरीले विश्वस्तरको प्रतियोगितामा सफलता हासिल गरेको भन्दै स्थानीयवासीले उनको उपलब्धिलाई गर्वका रूपमा लिएका छन्।

सान्वीको सफलताको यात्रा राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताबाट अघि बढेको हो। उनी यसअघि ‘मिस नेपाल २०२५’ मा प्रतियोगी नम्बर १ का रूपमा सहभागी भएकी थिइन्। उक्त प्रतियोगितामा उत्कृष्ट १२ मा स्थान बनाउन सफल भएकी सान्वीले त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै विश्व उपाधि जित्न सफल भएकी हुन्।

यसअघि सान्वीले ‘मिस नेपाल २०२५’ प्रतियोगितामा समेत सहभागिता जनाएकी थिइन्। प्रतियोगी नम्बर १ का रूपमा प्रतिस्पर्धा गरेकी उनी उत्कृष्ट १२ मा स्थान बनाउन सफल भएकी थिइन्। मिस नेपालमा प्राप्त अनुभव र त्यसपछि निरन्तर अघि बढेको उनको यात्राले उनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्नेसम्म पुर्‍याएको हो।
जनकपुरधामबाट अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेर उपाधि जित्न सफल सान्वीको उपलब्धिले मधेश प्रदेशको प्रतिभा र सम्भावनालाई समेत उजागर गरेको छ। उनको सफलताले नेपाली युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
सान्वीको यो उपलब्धिले जनकपुरधाम र मधेश प्रदेशमा खुसी तथा गौरवको वातावरण सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उपाधि हासिल गर्नुले नेपाली प्रतिभाले विश्वस्तरमा आफ्नो पहिचान स्थापित गर्न सक्ने सन्देशसमेत दिएको छ।

भोइल गाउँबाट अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेर सफलता हासिल गरेकी सान्वीको उपलब्धिले नेपाली युवतीहरूलाई आफ्नो प्रतिभा, क्षमता र आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ। उनको सफलताले स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अवसर प्रदान गर्नुपर्ने आवश्यकतालाई समेत उजागर गरेको छ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comजनकपुरधामधनुषा खबरमधेस प्रदेश खबरसमाचार

Discussion about this post

Related Posts

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

प्रभासकाे ‘स्पिरिट’ र रणवीरकाे ‘रामायण पार्ट २’ बीच भिडन्त हुने पक्का

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि