nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक २, २०८३, १२:३३ मध्यान्ह
जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरधाम/कात्तिक २ गते। जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बडादशैँको महाष्टमीका अवसरमा हुने बोकाबली सम्पन्न भएको छ। यस वर्ष मन्दिरमा १४ हजार ८९१ वटा बोकाको बलि प्रदान गरिएको छ।

आइतबार राति ८ बजेर ३१ मिनेटदेखि सुरु भएको बोकाबली सोमबार बिहान ३ बजेर ५३ मिनेटमा सम्पन्न भएको हो। राजदेवी माताप्रति आस्था राख्ने श्रद्धालुहरूले भाकल पूरा भएको तथा धार्मिक परम्पराअनुसार बोकाबली प्रदान गरेका हुन्।

बोकाबली सुरु हुनुअघि मन्दिरमा परम्पराअनुसार निशा पूजा गरिएको थियो। राम मन्दिरका महन्त राम गिरीले निशा पूजा सम्पन्न गरेपछि बोकाबली सुरु भएको थियो।

महाष्टमीको रात राजदेवी माताको दर्शन तथा पूजाआजा गर्न नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालुहरू जनकपुरधाम पुगेका थिए। बोकाबलीलाई व्यवस्थित बनाउन महावीर युवा कमिटीले मन्दिर परिसरमा चारवटा ठेहा अर्थात् बलि प्रदान गर्ने स्थानको व्यवस्था गरेको थियो। कमिटीका स्वयंसेवकहरूले पूजा व्यवस्थापन तथा श्रद्धालुको आवागमन सहज बनाउन सहयोग गरेका थिए।

राजदेवी मन्दिरमा यस वर्ष प्रदान गरिएको बोकाबलीको सङ्ख्या गत वर्षको तुलनामा १२ वटाले घटेको छ। गत वर्ष २०८२ मा १४ हजार ९०३ वटा बोकाको बलि प्रदान गरिएको थियो।

त्यसैगरी, २०८१ सालमा १५ हजार ४ वटा र २०८० सालमा १५ हजार २५१ वटा बोकाको बलि प्रदान गरिएको तथ्याङ्क छ। उपलब्ध तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा राजदेवी मन्दिरमा बोकाबलीको सङ्ख्या घटबढ हुँदै आएको छ।

बडादशैँको महाष्टमीका अवसरमा राजदेवी मन्दिरमा हुने बोकाबली जनकपुरधामको प्रमुख धार्मिक गतिविधिमध्ये एक हो। भाकल पूरा भएपछि तथा धार्मिक आस्थाका आधारमा श्रद्धालुहरूले राजदेवी मातालाई बोका चढाउने परम्परा लामो समयदेखि चल्दै आएको छ।

महाष्टमीको रात मन्दिरमा हुने पूजाआजा र बोकाबलीका कारण जनकपुरधाममा धार्मिक चहलपहल बढ्ने गरेको छ। श्रद्धालुको ठूलो उपस्थितिलाई ध्यानमा राख्दै स्थानीय युवा कमिटी तथा सम्बन्धित निकायले सुरक्षा, पूजा व्यवस्थापन र आवागमनलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्दै आएका छन्।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comजनकपुरधामधनुषा खबरसमाचार

Discussion about this post

Related Posts

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

प्रभासकाे ‘स्पिरिट’ र रणवीरकाे ‘रामायण पार्ट २’ बीच भिडन्त हुने पक्का

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि