nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सन्त तुलसी जयन्ती महोत्सव बुधबार (भदौ ३ गते) जनकपुरधाममा भव्य रूपमा मनाइँदै

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २, २०८३, ८:५९ मध्यान्ह
सन्त तुलसी जयन्ती महोत्सव बुधबार (भदौ ३ गते) जनकपुरधाममा भव्य रूपमा मनाइँदै

जनकपुरधाम/भदौ २ गते। रामचरितमानसका रचयिता सन्त शिरोमणि गोस्वामी तुलसीदासको जयन्ती महोत्सव बुधबार जनकपुरधाममा भव्यताका साथ मनाइने भएको छ।

श्री रामानन्दीय वैष्णव संघको आयोजनामा साउन २६ गतेदेखि सुरु भएको नौ दिवसीय तुलसी जयन्ती महोत्सवअन्तर्गत बुधबार तुलसी जयन्ती विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाउन लागिएको हो।

संघका अध्यक्ष महन्थ रामरोशन दास वैष्णवले मंगलबार तुलसी स्मारक सदनमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवका कार्यक्रमबारे जानकारी दिएका हुन्। उनले तुलसीदासको धार्मिक, साहित्यिक तथा आध्यात्मिक योगदानको स्मरण गर्दै जयन्तीलाई भव्य र सभ्य रूपमा मनाउने तयारी गरिएको बताए।

महन्थ वैष्णवले जयन्तीका अवसरमा आयोजना हुने शोभायात्रामा जनकपुरधामवासी, साधुसन्त, श्रद्धालु तथा धर्मप्रेमी सर्वसाधारणलाई सहभागी हुन आह्वानसमेत गरेका छन्।

आयोजकका अनुसार बुधबार बिहान ८ बजे तुलसीदासको विशेष अभिषेक कार्यक्रम हुनेछ। दिउँसो १ बजे नवाह पारायणको समापन गरिनेछ। सोही अवसरमा सन्तमहन्थ तथा विद्वान्हरूबाट गोस्वामी तुलसीदासको जीवन, दर्शन, साहित्यिक योगदान तथा रामचरितमानसको धार्मिक महत्वका विषयमा प्रवचन तथा चर्चा गरिने कार्यक्रम रहेको छ।

त्यसपछि दिउँसो ३ बजे धार्मिक झाँकी तथा शोभायात्रासहित नगर परिक्रमा गरिनेछ। शोभायात्रामा साधुसन्त, धार्मिक संघसंस्था, श्रद्धालु तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।

तुलसीदासले रचना गरेको रामचरितमानसले सनातन धर्म, भक्ति, नैतिकता र मानवीय मूल्यको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले तुलसी जयन्तीलाई धार्मिक आस्था र साहित्यिक चेतनाको उत्सवका रूपमा मनाउँदै आएको जनाएको छ।

नौ दिवसीय महोत्सवअन्तर्गत विभिन्न धार्मिक अनुष्ठान, नवाह पारायण, प्रवचन तथा पूजाआजासहितका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। बुधबार हुने मुख्य जयन्ती समारोहसँगै यस वर्षको महोत्सव विशेष आकर्षणका साथ सम्पन्न हुने आयोजकको विश्वास छ।

श्री रामानन्दीय वैष्णव संघले तुलसी जयन्तीको शोभायात्रालाई सफल बनाउन जनकपुरधामका विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक संघसंस्था र सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठ बिच शिष्टचार भेटबार्ता

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठ बिच शिष्टचार भेटबार्ता

ढल निर्माणमा मोडेल बन्दै मौलापुर नगरपालिका

ढल निर्माणमा मोडेल बन्दै मौलापुर नगरपालिका

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यू नियन्त्रण गर्नुहोस्ः बर्षमान पुन

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यू नियन्त्रण गर्नुहोस्ः बर्षमान पुन

रणवीर सिंहको ‘प्रलय’ सुटिङ सुरू, संसारको अन्त्य पछिको दृश्य फिल्ममा हुने

रणवीर सिंहको ‘प्रलय’ सुटिङ सुरू, संसारको अन्त्य पछिको दृश्य फिल्ममा हुने

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

गौथली बन्यो सर्बाधिक कमाइ गर्ने दोस्रो चलचित्र, २३ करोड बढी आम्दानी

गौथली बन्यो सर्बाधिक कमाइ गर्ने दोस्रो चलचित्र, २३ करोड बढी आम्दानी

अब सरकारी कर्मचारीले १५-१५ दिनमा तलबभत्ता पाउने

अब सरकारी कर्मचारीले १५-१५ दिनमा तलबभत्ता पाउने

जब कुमार सानुले दाउद इब्राहिम सामु गित गाएको भोलीपल्ट थाहा पाए….

जब कुमार सानुले दाउद इब्राहिम सामु गित गाएको भोलीपल्ट थाहा पाए….

रणवीरको रामायण ५० हजार स्क्रिनमा आउने, ५ सयको करोडको ओपनिङ हुन सक्ने

रणवीरको रामायण ५० हजार स्क्रिनमा आउने, ५ सयको करोडको ओपनिङ हुन सक्ने

आफ्नै भवनमा परोहाको सेवाः एउटै परिसरबाट प्रशासन, स्वास्थ्य र कृषि सुविधा

आफ्नै भवनमा परोहाको सेवाः एउटै परिसरबाट प्रशासन, स्वास्थ्य र कृषि सुविधा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि