जनकपुरधाम/भदौ १ गते। जनकपुरधाममा ग्यास अभाव भएको भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारका कारण उपभोक्तामा अन्योल बढेपछि ग्यास गोदामको अनुगमन गरिएको छ।
ग्यासको वास्तविक स्टक अवस्था बुझ्न तथा यसअघि बरामद गरिएको भनिएको ग्यासको विषयमा तथ्य बुझ्न सम्बन्धित पक्षले गोदामको अनुगमन गरेको हो। अनुगमनका क्रममा गोदाममा रहेको ग्यासको स्टक तथा बिक्रीको अवस्थाबारे जानकारी लिइएको बताइएको छ।
व्यवसायीहरूका अनुसार यसअघि स्टक टिपोट गरी सम्बन्धित व्यक्तिलाई सोधपुछका लागि लगिएको विषयलाई समेत केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएको समाचारलाई लिएर ग्यास व्यवसायीहरूले आपत्ति जनाएका छन्।
अनुगमनका क्रममा मनोज ग्यासका १३१ सिलिन्डरमध्ये ८९ वटा बिक्री भइसकेको पाइएको बताइएको छ। त्यस्तै, नोबेल ग्यासका ११० सिलिन्डरमध्ये १०९ वटा बिक्री भएको अनुगमनबाट देखिएको जनाइएको छ।
जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ पदाधिकारी फुलदेव पण्डितबारे पनि केही सञ्चारमाध्यममा गलत पद उल्लेख भएको फुलदेव पण्डितले बताइएका छन। वरिष्ठ उपाध्यक्ष नभई महासचिव रहेको उनले बताएका छ्न ।
ग्यास व्यवसायीहरूले गलत सूचना प्रवाहको कारण उपभोक्तामा अनावश्यक त्रास सिर्जना भएको बताएका छन्। यसले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गर्न खोज्दा माग बढ्नुका साथै वितरण व्यवस्थामा समेत समस्या देखिन थालेको उनीहरूको भनाइ छ।
व्यवसायीहरूले ग्यासको वास्तविक अवस्था बुझेर मात्रै समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्। साथै व्यावसायीहरुले अनावश्यक भ्रम र त्रास सिर्जना नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।















Discussion about this post