nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टर्की-पाकिस्तान- साउदीको सैन्य सम्झौतामा इजिप्ट पनि जोडिने

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ १, २०८३, १:१५ मध्यान्ह
टर्की-पाकिस्तान- साउदीको सैन्य सम्झौतामा इजिप्ट पनि जोडिने

अंकारा, १ भदौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अरब राष्ट्र इजिप्ट पनि ‘मक्का संयुक्त रक्षा सम्झौता’ मा सामेल हुन सक्ने दाबी गरेका छन्।

उनले यो सम्झौता अन्य देशहरूका लागि पनि खुला रहेको पनि बताएका छन् । हाल पाकिस्तान, साउदी अरब र टर्की यस सम्झौताको हिस्सा रहिसकेका छन्।

यसलाई ‘इस्लामिक नेटो’ पनि भनिने गरिएको छ किनभने यसमा नेटोको धारा ५ मा उल्लेख भए झै ‘सामूहिक रक्षा सन्धि’ को प्रावधान समावेश गरिएको छ। यसको अर्थ कुनै एक सदस्य राष्ट्र माथि हुने बाह्य आक्रमणलाई सम्पूर्ण सदस्य राष्ट्रहरू माथिको आक्रमण मानिन्छ। यस व्यवस्था अन्तर्गत आक्रामक पक्षको सामना गर्न सबै देशहरू एकजुट हुन बाध्य हुन्छन्।

कतारको लगानी रहेको सञ्चारमाध्यम अल जजिरासँगको अन्तर्वार्तामा एर्दोगानले बताए कि ‘मक्का संयुक्त रक्षा सम्झौता’ मा हस्ताक्षर गर्ने पक्षहरू आफूहरू मध्ये कुनै एकमाथि बाह्य आक्रमण भएमा सामूहिक कदम चाल्न प्रतिबद्ध छन्। उनले थप भने, ‘यस सम्झौताले विश्व सामु एउटा महत्त्वपूर्ण सन्देश दिएको छ।’

सोही  क्रममा उनले इजिप्ट यसमा सामेल हुन सक्ने सम्भावना औंल्याएका छन् र अन्य मुलुकहरू पनि यस सम्झौताको हिस्सा बन्न सक्ने गरी खुल्ला राखिएको पनि उनले जानकारी दिएका छन ।

तर, अन्तर्वार्ताका क्रममा एर्दोगानले भने होर्मुज जलसन्धि तत्काल पुनः सञ्चालनमा ल्याउनु पर्ने कुरामा जोड दिएका छन् । उनले होर्मुज जलसन्धि लामो समयसम्म बन्द रहँदा कसैलाई पनि फाइदा नहुने टिप्पणी गरेका छन् ।

साथै, सोही अन्तर्बार्तामार्फत एर्दोगानले क्षेत्रीय द्वन्द्वहरूमा मध्यस्थताको भूमिका निर्वाह गरेकोमा कतारको खुलेर प्रशंसासमेत पनि गरेका थिए ।

एर्दोगानले आफ्नो देशले आफ्ना छिमेकीहरूमा विशेष गरी लेबनान, सिरिया र गाजालाई नत्याग्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनले छिमेकी मुलुक सिरियामा स्थिरता सुनिश्चित गर्न टर्कीले हरसम्भव प्रयास गर्ने पनि बताएका छन ।

एर्दोगानले सिरिया भ्रमण गर्ने आफ्नो योजनाबारे पनि उल्लेख गरेका छन र कुर्दिस जनताले पनि शान्ति तथा स्थिरताको लाभ पाउने कुरामा उनको जोडसमेत रहेको थियो । उनले टर्कीले कुर्द समुदायहरूसँगको सम्बन्ध सुदृढ पार्ने र उनीहरूको अधिकारको रक्षा गर्ने कार्यलाई निरन्तरता दिने बताए।

टर्कीले लामो समय देखि कुर्दहरूलाई विद्रोही र आतङ्ककारीका रूपमा लिँदै आएको थियो तर सिरियामा अल कायदाका पूर्व लडाकु अहमद अल शाराले नियन्त्रण कायम गरे पछि परिस्थिति बदलियो । त्यसपछि टर्कीले कुर्दहरूसँग शान्ति सम्झौता गरेको अवस्था छ ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि