nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २४, २०८३, ४:२० मध्यान्ह
के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

काठमाडौं/साउन २४ गते। लिस्बन विश्वविद्यालयकी निद्रासम्बन्धी अनुसन्धानकर्ता काट्जा हेइसले भनिन्, ‘पर्याप्त निद्रा नपाउँदा तपाईंको बौद्धिक क्षमतामा नकारात्मक असर पर्छ।’

उनले सबैजनाको समस्याको कारण यही हुन सक्ने औंल्याइन्, ‘हप्ताभरि ठीकै महसुस भए पनि सप्ताहन्तमा म धेरैबेर सुत्छु, जुन ‘स्लिप डेब्ट’ वा निद्राको अभावको सङ्केत हो।’

हाइसले निद्रासँग सम्बन्धित विभिन्न अवस्थाहरूमा अनुसन्धान गरेकी छिन्, जसमा खेलाडीहरूमा निद्राको अभावको प्रभाव समावेश छ।

एउटा अध्ययनले स्लीप एपनिया अर्थात निद्राको समयमा सास फेर्न बारम्बार रोकिने अवस्था भएका बिरामीहरू र सिफ्ट कामदारहरू बीच निद्रा र निद्राको स्तरको तुलना गरेको छ। सिफ्ट कामदारहरू प्रायः तिनीहरूको ‘सर्काडियन लय’ अर्थात जैविक घडी विरुद्ध काम गर्छन् । शरीरको आन्तरिक घडी, जसले हामी कहिले उठ्छौं र कहिले सुत्छौं भनेर नियमन गर्छ।

उनीहरूले सहभागीहरूले महसुस गरेको निन्द्राको अवस्था अर्थात आत्म मूल्याङ्कनलाई क्लिनिकल परीक्षणका नतिजाहरूसँग तुलना गरिन। उनीहरूले के पाए भने जब मानिसहरू बढी निन्द्रा वा आलस्य जगाउने परिस्थितिमा पर्छन्, तब आफ्नो निन्द्राको स्तर सही रूपमा आँकलन गर्ने उनीहरूको क्षमतामा क्रमशः ह्रास आउँछ।

सरल शब्दमा भन्नुपर्दा, मस्तिष्कले राम्ररी काम गर्न छोड्छ। निद्राको समयमा मस्तिष्कले खेल्ने महत्त्वपूर्ण भूमिकालाई विचार गर्दा यो चिन्ताको विषय हो।

‘हामी सुत्दा हाम्रो शरीरले मर्मत र पुनर्लाभसम्बन्धी विभिन्न प्रक्रियाहरू सञ्चालन गर्छ। यसले खाना वा वातावरणमार्फत शरीरमा प्रवेश गरेका विषाक्त पदार्थहरूलाई बाहिर निकाल्छ, नयाँ ऊर्जा उत्पन्न गर्छ तथा अध्ययन, सिकाइ र स्मरणशक्तिमा महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भनिन ।

क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोका निद्रासम्बन्धी अनुसन्धानकर्ता यिङ हुई फु भन्छन्, ‘निद्रामा मस्तिष्कका धेरै भागहरू संलग्न हुन्छन्। स्नायु सम्बन्धी र मानसिक अवस्थाहरू लगायत मस्तिष्कका लगभग हरेक विकारलाई निद्रासम्बन्धी समस्याहरूसँग प्रत्यक्ष रूपमा जोड्न सकिन्छ।’

औसतमा, मानिसहरूलाई हरेक रात करिब ७.५ देखि ८.५ घण्टा निद्राको आवश्यकता पर्छ। यद्यपि, हामी प्रायः उच्च जिम्मेवारी सम्हालेका व्यक्तिहरू, विशेष गरी राजनीतिज्ञहरू, ले आफूहरू निरन्तर जनताको सेवामा खटिए झैँ गरी निकै कम घण्टा मात्र सुत्ने गरेको दाबी गरेको सुन्छौँ।

हालै, जापानी प्रधानमन्त्री सानाए ताकाइचीले पदभार सम्हालेयता आफूले रातमा जम्मा ० देखि ३ घण्टा मात्र सुत्न पाएको कुरा दोहोर्‍याएकी थिइन्। पूर्व ‘हेभी मेटल’ ड्रमरको पृष्ठभूमि हेर्दा, उनीबाट उच्च स्तरको सहनशक्ति वा ऊर्जाको अपेक्षा गर्न सकिन्छ। यद्यपि, निद्राको यो निरन्तर अभाव जानाजानी गरिएको होस् वा बानीवश, यसले उनको कडा परिश्रम र समर्पणलाई झल्काए तापनि दीर्घकालमा उनको स्वास्थ्यका लागि भने यो लाभदायक छैन।

सबैभन्दा खराब अवस्थामा, लामो समयसम्म निद्राको कमी हुँदा शरीरमा विषाक्त पदार्थहरू जम्मा हुन सक्छन्, जसले मुटु वा मस्तिष्कसम्बन्धी रोगको जोखिम बढाउँछ। चरम अवस्थामा, यो ज्यान जोखिममा पार्ने खालको समेत हुन सक्छ।

फुले भने, ‘हाम्रो स्वास्थ्यका लागि निद्राभन्दा महत्त्वपूर्ण दुईवटा मात्र कुरा छन्। एउटा हावा होस यदि हामीले हावा पाएनौं भने केही मिनेटभित्रै मर्नेछौं। अर्को पानी होस यदि हामीले पानी पाएनौं भने केही दिन भित्रै मर्नेछौं। तपाईं खाना बिना केही महिनासम्म बाँच्न सक्नुहुन्छ तर यदि सुत्नुभएन भने केही हप्ता मात्र बाँच्न सक्नु हुनेछ।’

यो सबै जनावरहरूमा लागू हुन्छ। उनले भने, ‘यदि हामी सुतेनौँ भने हामी मर्नेछौं।’

प्राकृतिक रूपमै कम सुत्ने व्यक्तिहरू यस नियमका अपवाद हुन्। उनीहरू रातमा ६ घण्टाभन्दा कम सुतेर पनि राम्रो महसुस गर्नुका साथै वास्तवमै स्वस्थ, खुसी र ऊर्जावान् रहन सक्छन्। उनीहरूमा यस्ता विशेष आनुवंशिक भिन्नताहरू हुने देखिन्छ, जसले उनीहरूलाई राम्रोसँग फस्टाउन वा स्वस्थ रहन मद्दत गर्छन्। फुङग ले ट्रायथलनमा भाग लिने ८० वर्षीय प्राकृतिक रूपमै कम सुत्ने व्यक्तिको उदाहरण प्रस्तुत गरे।

फु र उनको प्रयोगशालाले सन् २००९ मा ‘डिइसी २’ जीनमा यस्तो प्रकारको पहिलो भिन्नता पत्ता लगाए र आफ्ना अनुसन्धानका नतिजाहरू प्रकाशित गरेका थिए । त्यसको दस वर्ष पछि उनीहरूले ‘एडीआरबिआइ १’ जीन पनि प्राकृतिक रूपमा कम सुत्ने अवस्था सँग सम्बन्धित रहेको कुरा उजागर गर्दै अर्को शोधपत्र प्रकाशित गरेका थिए । त्यसपछि एनपीएसआरज्ञ, जीआरएमज्ञ, और एसआईकेघ जीनहरूबारे नयाँ जानकारीहरू प्राप्त भए भने हाल अन्य धेरै जीनहरूमा पनि अनुसन्धान भइरहेको छ।

‘हामी यिनलाई ‘म्युटेसन’ अर्थात उत्परिवर्तन भन्दा पनि जीन ‘भेरिएसन’ अर्थात जीनको विविधता भन्न रुचाउँछौं किनकि ‘म्युटेसन’ प्रायः स्वास्थ्यमा पर्ने नकारात्मक असरहरूसँग जोडिएको हुन्छ। यद्यपि, ‘प्राकृतिक रूपमै कम सुत्ने’ अवस्थाले ती व्यक्तिहरूमा जस्तो स्वास्थ्य समस्या निम्त्याउँदैन, जो बानीवश कम सुत्छन् वा पर्याप्त निद्रा पाउँदैनन्।

यी जीनहरूले निद्राले शरीरका विभिन्न कार्यहरूमा प्रभाव पार्छ भन्ने कुरा देखाउँछन्स्

डीईसी २ः सुत्ने र उठ्ने समयलाई नियमित गर्न मद्दत गर्छ।

एडीआरबी १ः मुटु र स्नायु प्रणालीभित्र संकेत प्रवाह गर्न सघाउँछ।

जीआरएम १ ः उत्तेजना र छटपटीलाई नियन्त्रण गर्न मद्दत गर्छ।

एसआईके ३ः मस्तिष्कको कार्यप्रणालीमा संलग्न हुन्छ, यो डिप्रेसन (अवसाद)सँग सम्बन्धित हुन सक्छ।

‘यीमध्ये प्रत्येकको पहिचान र परीक्षणका लागि वर्षौंको कडा परिश्रम र आधारभूत अनुसन्धान आवश्यक परेको छ। फुले भने, ‘हाम्रो प्रत्येक जीनोममा ५०० देखि १,००० सम्मका विशिष्ट प्रकारका उत्परिवर्तनहरू हुन्छन्। यसलाई हेर्दा, कुन उत्परिवर्तन वास्तवमै जिम्मेवार छ भनेर ठ्याक्कै पहिचान गर्नु निकै कठिन कार्य हो,’ उनले भने ।

हालसम्म प्राकृतिक रूपमै कम सुत्ने व्यक्तिहरूको संख्या निकै कम रहेको पाइएको छ। यद्यपि, फुका अनुसार हालसम्मका अनुसन्धानबाट पहिचान गरिए अनुसार यो गुण वास्तवमा अहिले अनुमान गरिएभन्दा धेरै बढीमा हुन सक्छ।

फुका अधिकांश निष्कर्षहरू एउटै प्रकारको जीन विविधता भएका सीमित परिवारहरूमा मात्र केन्द्रित छन्। यसका पछाडि व्यावहारिक र वैज्ञानिक कारण छ, यदि एउटै परिवारका तीन सदस्यहरूमा उस्तै प्रकारको जीन विविधता छ र उनीहरू दिनमा केवल ४ देखि ५ घण्टा सुतेर पनि पूर्ण रूपमा स्वस्थ देखिन्छन् भने, यसको मुख्य कारण सोही विशिष्ट आनुवंशिक परिवर्तन हुनसक्ने सम्भावना अत्यधिक हुन्छ , विशेष गरी यदि उक्त जीनले स्वस्थ निद्रामा भूमिका खेल्ने कुरा पहिले नै थाहा भइसकेको छ भने। यद्यपि, यो अनुसन्धान अझै प्रारम्भिक चरणमै छ।

फुले भने, ‘हामीलाई थाहा भएको कुरा यति मात्र हो कि उनीहरूको कार्यक्षमता राम्रो हुन्छ र उनीहरू स्वस्थ रहन्छन्। मेरो विचारमा, यसको सबैभन्दा तार्किक व्याख्या भनेको उनीहरूको निद्रासम्बन्धी प्रणाली उत्कृष्ट हुनु हो—अर्थात्, उनीहरूले गुणस्तरीय निद्रा लिन सक्छन्।’

यस क्षेत्रमा भइरहेको अनुसन्धानबारे हेज पनि सावधानीपूर्वक कुरा गर्छिन्। उनी औंल्याउँछिन् कि प्राकृतिक रूपमै कम निद्रा आवश्यक पर्ने मानिसहरूका बारेमा अहिलेसम्म निकै कम अध्ययनहरू भएका छन्।

उनले भने, ‘जब हामी बानीवश कम सुत्ने व्यक्तिहरूमा क्लिनिकल परीक्षण गर्छौं र उनीहरूको निद्राको अवधि बढाउँछौं, तब उनीहरूको स्वास्थ्य र कार्यक्षमतामा सुधार भएको देख्छौं। तर समस्या के छ भने प्राकृतिक रूपमै कम सुत्ने व्यक्तिहरूबारे हामीसँग दीर्घकालीन अध्ययनहरूको अभाव छ।’

फु पनि यस कुरामा सहमत छन्। यद्यपि, उनले यस अनुसन्धानका लागि रकम जुटाउनु चुनौतीपूर्ण रहेको कुरा औंल्याए। फुले भने, ‘मेरो लक्ष्य सबैलाई राम्रोसँग निदाउन मद्दत गर्नु हो, किनभने यदि हामीले सबैलाई राम्रो निद्राका लागि सघाउन सक्यौं भने रोगहरूमा कमी आउनेछ। रोगको प्रकोप ह्वात्तै घट्नेछ। यसले मानव जातिमा कस्तो प्रभाव पार्ला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ ’

Tags: जीवनशैली

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि