काठमाडौं/साउन १४ गते। नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढी हो। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४३ हजार ४८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १० रुपैयाँले कम हो। बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।















Discussion about this post