काठमाडौं/साउन १४ गते। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता शेयरको लकइन अवधि आगामी भदौ १४ गते समाप्त हुने भएको छ। कम्पनीले सूचना जारी गर्दै संस्थापक र कर्मचारीतर्फको बोनस तथा हकप्रदसहितको उक्त शेयरको लकइन अवधि सकिन लागेको जानकारी दिएको हो।
कम्पनीका अनुसार लकइनमा रहेका शेयरमध्ये ३ करोड ६९ लाख ७९ हजार ५५५ कित्ता संस्थापकको र ७ लाख ९२ हजार ४६९ कित्ता कर्मचारीको स्वामित्वमा रहेको छ।
धितोपत्रसम्बन्धी प्रचलित व्यवस्थाअनुसार कुनै पनि कम्पनीको आईपीओ बाँडफाँट भएको मितिले संस्थापक र कर्मचारीको शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान छ। यद्यपि लकइन अवधि समाप्त भए पनि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय तहमा कार्यरत कर्मचारीको शेयर भने सम्बन्धित कानुनी व्यवस्थाअनुसार रोक्कामै रहने कम्पनीले जनाएको छ।















Discussion about this post