nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १३, २०८३, १०:४४ मध्यान्ह
गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

साउन १३ गते । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ ।

गत साउन १० गते आइतबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकाको ताला फुटाई मुख्य देवीको मूर्तिमा रहेका ४ थान बहुमूल्य गहनाहरू चोरी गरेको घटना सार्वजनिक भएको हो ।

धार्मिक आस्थाको केन्द्र रहेको गढीमाई मन्दिर जस्तो संवेदनशील र सुरक्षित मानिने स्थानमा भएको यो चोरीको घटनाले स्थानीयवासी, धार्मिक संघसंस्था र सर्वसाधारणमा गम्भीर चिन्ता र आक्रोश पैदा गरेको छ ।

घटना घटेको चार दिनपछि मन्दिरका मूल पुजारी शिव चौधरीले चोरी भएका गहनाहरूको आधिकारिक विवरण सार्वजनिक गरेका हुन् ।

मूल पुजारी चौधरीका अनुसार चोरहरूले मन्दिर भित्र प्रवेश गरी मुख्य देवीलाई चढाइएका ४ थान बहुमूल्य गहनाहरू चोरेर लगेका छन् ।

देवीको शिरमा रहने चाँदीको मुख्य मुकुट (टोप), सुनको जलप लगाइएको चाँदीको ऐतिहासिक हार, देवीको गलामा सजाइएको सुनको परम्परागत तिलहरी र मुख्य पूजाआजामा प्रयोग गरिने सुनको हार चोरी भएको उनले जानकारी दिए ।

मूल पुजारी चौधरीले मन्दिरको सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष र सुक्ष्म छानबिन गर्न माग गरेका छन् ।

उनले दोषीको तत्काल पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न र चोरी भएका बहुमूल्य धार्मिक गहनाहरू यथाशक्य चाँडो बरामद गर्न स्थानीय प्रशासन र प्रहरीसँग जोडदार माग गरेका छन ।

घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी टोलीहरू अनुसन्धानमा जुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार मन्दिर परिसर तथा आसपासका क्षेत्रमा जडान गरिएका सिसिटिभी (ऋऋत्ख्) क्यामराहरूको फुटेज संकलन गरी सूक्ष्म विश्लेषण भइरहेको छ ।

एसपी कुँवरले भने, ‘हामीले सिसिटिभी क्यामराको फुटेजलाई मुख्य आधार बनाएर अनुसन्धान अगाडि बढाएका छौँ । शंकास्पद व्यक्ति माथि निगरानी बढाइएको छ ।’

यद्यपि, घटनामा संलग्न वास्तविक अपराधीहरूको पहिचान भने अझै खुल्न सकेको छैन । प्रहरीले दोषीको खोजी कार्य तथा प्रमाण संकलनको कामलाई अत्यन्त तीव्र गतिमा अघि बढाइएको र चाँडै नै अपराधीहरू कानुनी दायरामा आउने दाबी गरेको छ ।

नेपाल र भारत मात्र नभई विश्वभरका हिन्दू धर्मावलम्बीहरूको महान् आस्थाको केन्द्रका रूपमा रहेको गढीमाई मन्दिरमा भएको यो घटनाले आम जनमानसमा चिन्ता उत्पन्न गराएको छ ।

हरेक पाँच वर्षमा लाग्ने विश्वकै ठूलो बलिमेलाका रूपमा परिचित यस मन्दिरको सुरक्षा व्यवस्थामा भएको यस्तो गम्भीर कमजोरीप्रति स्थानीय सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न र मन्दिरको सुरक्षालाई दीर्घकालीन रूपमा भरपर्दो बनाउन माग गरेका छन् ।

Tags: बारा खबर

Discussion about this post

Related Posts

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि