nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेशमा तीन वर्षमा मानव बेचबिखनका ११८ मुद्दा दर्ता

सजिलो पोस्ट सजिलो पोस्ट
असार २५, २०८३, १०:३६ मध्यान्ह
मधेशमा तीन वर्षमा मानव बेचबिखनका ११८ मुद्दा दर्ता

धनुषा/असार २५ गते। मधेश प्रदेशमा मानव बेचबिखनको अवस्था चिन्ताजनक बन्दै गएको तथ्य सार्वजनिक भएको छ। पछिल्लो तीन वर्षको अवधिमा प्रदेशभर मानव बेचबिखनसम्बन्धी ११८ वटा मुद्दा दर्ता भएको तथ्यांकले यस समस्याको गम्भीरता उजागर गरेको हो।

राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश कार्यालयले बिहीबार आयोजना गरेको ‘मानव बेचबिखनविरुद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०८२’ माथिको छलफल कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै मानव बेचबिखनका प्रमुख कारण गरिबी, बेरोजगारी र अशिक्षा रहेको औंल्याइएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९ देखि २०८२ सम्म मधेश प्रदेशमा मानव बेचबिखनसम्बन्धी ११८ वटा मुद्दा नेपाल प्रहरीमा दर्ता भएका छन्। प्रभावित समुदायमध्ये जनजाति समुदाय सबैभन्दा बढी प्रभावित रहेको छ भने त्यसपछि दलित तथा ब्राह्मण–क्षेत्री समुदायका व्यक्तिहरू प्रभावित भएको उल्लेख गरिएको छ।

प्रतिवेदनले महोत्तरी जिल्ला र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका दलित, सीमान्तकृत तथा विपन्न समुदाय मानव बेचबिखनको उच्च जोखिममा रहेको देखाएको छ। झुटा रोजगारीको आश्वासन, इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोग, विभिन्न प्रलोभन र जबर्जस्तीमार्फत पीडितलाई छिमेकी मुलुक भारत पुर्‍याएर बेचबिखन गर्ने प्रवृत्ति बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ।

तथ्यांकअनुसार करिब ६० प्रतिशत पीडितलाई होटल तथा घरमा व्यावसायिक यौनशोषणमा लगाइने गरिएको छ भने ४० प्रतिशतलाई धनुषाको जयनगर नाकाबाट अवैध रूपमा भारत लैजाने गरिएको छ। यौन तथा श्रम शोषण, नेटवर्क व्यवसाय र जबर्जस्ती विवाहका लागि समेत मानव बेचबिखन हुने गरेको प्रतिवेदनले जनाएको छ।

१४ देखि १८ वर्ष उमेर समूहका किशोरी–किशोर, महिला, दलित, सीमान्तकृत मुस्लिम, गरिब तथा अशिक्षित समुदायका व्यक्तिहरू बढी जोखिममा रहेको र अधिकांश घटनामा चिनजानकै व्यक्तिहरू संलग्न हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य तथा महिला तथा बालबालिका समितिकी सभापति रुपा यादवले मधेशमा मानव बेचबिखनको अवस्था भयावह बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन्। उनले सम्बन्धित निकायहरू जिम्मेवार र सक्रिय नभएसम्म यस्ता अपराध नियन्त्रण गर्न कठिन हुने धारणा राखिन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले खुला सीमाका कारण मानव बेचबिखनका घटना बढ्दै गएको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले रोकथाममा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने पनि बताए।

इन्सेक मधेश प्रदेश संयोजक राजु पासमानले गरिबी, बेरोजगारी र अशिक्षा मानव बेचबिखनका मूल कारण भएको उल्लेख गर्दै रोकथामका लागि तीनै तहका सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताए। उनले मानव बेचबिखनजस्ता गम्भीर अपराधमा राजनीतिक हस्तक्षेप हुन नहुने र सीमा क्षेत्र तथा सवारीसाधनमा नियमित अनुगमन तथा कडा चेकजाँच आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता डा. सुनिल रञ्जन, गैरसरकारी संस्था महासंघका रामबाबु साह, मधेश प्रदेश प्रहरी उपरीक्षक भेषराज न्यौपानेलगायतका वक्ताहरूले मानव बेचबिखन नियन्त्रणका लागि सबै निकायबीच समन्वय, जनचेतना अभिवृद्धि र कानुनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकोमा जोड दिएका थिए।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुरधामबाट काठमाडौं पैदल मार्चमा निस्कीए मिटरब्याज पीडित

जनकपुरधामबाट काठमाडौं पैदल मार्चमा निस्कीए मिटरब्याज पीडित

सरकार उम्लिएको दूध जस्तै हो, धेरै बेर टिक्दैनः केपी ओली

सरकार उम्लिएको दूध जस्तै हो, धेरै बेर टिक्दैनः केपी ओली

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ

संविधान संशोधनको उद्देश्य अधिकारको विस्तार हुनुपर्छ : महामन्त्री थापा

संविधान संशोधनको उद्देश्य अधिकारको विस्तार हुनुपर्छ : महामन्त्री थापा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न: कोष सञ्चालन कार्यविधि स्वीकृत

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न: कोष सञ्चालन कार्यविधि स्वीकृत

कर्मचारी कुटिएको विरोधमा कालिकामाई गाउँपालिका तीन दिनदेखि ठप्प

कर्मचारी कुटिएको विरोधमा कालिकामाई गाउँपालिका तीन दिनदेखि ठप्प

धनुषामा एक युवती को लाश फेला

रौतहटमा नहरमा युवतीको शव फेला

अमेरिकी हमलामा पर्दा १४ इरानीको मृत्यु

अमेरिकी हमलामा पर्दा १४ इरानीको मृत्यु

गरुडा–कटहरिया सडक बेहाल, वर्षायाममा आवागमन नै ठप्प हुने जोखिम

गरुडा–कटहरिया सडक बेहाल, वर्षायाममा आवागमन नै ठप्प हुने जोखिम

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!