काठमाडौं/असार २२ गते । फिफा विश्वकप २०२६ जारी रहेको छ । यस विश्वकपमा लियोनेल मेस्सी, किलियन एम्बाप्पे देखी क्रिस्टियानो रोनाल्डोसम्मले अनेक किर्तिमान बनाएका छन् ।
रोनाल्डोले ६ वटा विश्वकपमा खेल्ने खेलाडीका साथै सबैभन्दा बढी उमेरका गोल हान्ने खेलाडी मध्ये दोस्रो र ६ वटा विश्वकपमा लगातार गोल हान्ने खेलाडीको किर्तिमान कायम गरेका छन । त्यसैगरी मेस्सी र एम्बाप्पेले यस विश्वकपमा समान ७–७ गोल हानिसकेका छन् । विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडीका पहिचान बनाएका मेस्सी तथा सानो उमेरमा सबैभन्दा बढी गोल हान्ने रेकर्ड बनाएका एम्बाप्पे मात्रै होइन, अन्य खेलाडीले पनि अनेक रेकर्डहरू कायम गरेका छन ।
जारी विश्वकपमा सबैभन्दा बढी गोल हान्ने खेलाडी यस प्रकार रहेका छन ।
किलियन एम्बाप्पेः ७ गोल
लियोनेल मेस्सीः ७ गोल
अर्लिङ हालान्डः ७ गोल
ह्यारी केनः ५ गोल
ओस्मान डेम्बेलेः ४ गोल
मिकेल ओयारजाबलः ४ गोल
भिनिसियस जुनियरः ४ गोल
इस्माइला सारः ४ गोल
डेनिज उन्दाभः ३ गोल
जोहान मानजाम्बीः ३ गोल
जुलियन क्विनोनेसः ३ गोल
कोडी गाक्पोः ३ गोल
ब्रायन ब्रोबीः ३ गोल
फोलारिन बालोगुनः ३ गोल
माथियस कुन्हाः ३ गोल
एलिजाह जस्टः ३ गोल
क्रिस्टियानो रोनाल्डोः ३ गोल
काई हाभर्ट्जः ३ गोल
योआने विसाः ३ गोल
इस्माइल साइबारीः ३ गोल
जोनाथन डेभिडः ३ गोल















Discussion about this post