nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार ११, २०८३, ८:०३ मध्यान्ह
मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

जनकपुरधाम/असार ११ गते। मधेश प्रदेशको शिक्षामा समावेशिताको अवस्था, उपलब्धि तथा चुनौतीहरूबारे छलफल गर्न आयोजित “मधेश शिक्षा अन्तरक्रिया श्रृङ्खला–२” कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।

राजर्षि जनक विश्वविद्यालयको शिक्षा नीति तथा अध्ययन केन्द्रको आयोजनामा बिहीबार आयोजित कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उप–प्राध्यापक अशोक साहले “मधेशको शिक्षामा समावेशिताको प्रयत्न र प्रतिफल” विषयमा प्रस्तुतीकरण गर्दै प्रदेशमा शिक्षाको पहुँच विस्तार, समावेशी नीतिको कार्यान्वयन तथा त्यसबाट प्राप्त उपलब्धिहरूबारे प्रकाश पारे।

त्यसैगरी प्रदेश नीति तथा योजना आयोग, मधेश प्रदेशकी पूर्व सदस्य डा. शान्ता मिश्रले “शिक्षा रूपान्तरणका लागि प्रदेश र स्थानीय सरकारले के गर्नुपर्छ ?” विषयमा प्रस्तुति दिँदै शिक्षा क्षेत्रमा सुधारका लागि प्रदेश तथा स्थानीय तहबीच प्रभावकारी समन्वय, पर्याप्त लगानी र गुणस्तरीय शिक्षामा विशेष जोड दिनुपर्ने बताइन्।

प्रस्तुतिपछि आयोजित टिप्पणी सत्रमा शिक्षा अध्येता प्रा. डा. विमल कुइँकेलले शिक्षा सुधारका लागि नीति निर्माण मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयनमा पनि ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गरे। कार्यक्रममा सहभागीहरूले मधेश प्रदेशको शिक्षा क्षेत्रका चुनौती, अवसर तथा भावी रणनीतिबारे खुला छलफल समेत गरेका थिए।

अन्तरक्रियामा सहभागी मधेश प्रदेशसभा सदस्य रुपा यादवले शिक्षामा समावेशिताको प्रश्न अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै ग्रामीण तथा विपन्न समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न विशेष कार्यक्रम आवश्यक रहेको बताइन्। उनले शिक्षा क्षेत्रलाई राजनीतिक प्राथमिकतामा राख्दै बजेट तथा स्रोत–साधनको सुनिश्चितता गर्नुपर्ने धारणा राखिन्।

प्रदेशसभा सदस्य जयनुल राईनले मधेशको शिक्षा प्रणालीमा देखिएका संरचनागत समस्या समाधानका लागि प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। उनले विद्यालयको भौतिक पूर्वाधारसँगै शिक्षकको क्षमता अभिवृद्धि र प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याए।

त्यस्तै प्रदेशसभा सदस्य कुवरकान्त झाले शिक्षा क्षेत्रको रूपान्तरण बिना प्रदेशको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै नीतिगत सुधारसँगै विद्यालय तहमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। उनले शिक्षामा समावेशिता, गुणस्तर र रोजगारीसँग जोडिएको सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमको समापन गर्दै शिक्षाविद् टीका भट्टराईले समावेशी र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकार, शैक्षिक संस्था तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए। उनले शिक्षा सुधारका लागि बहुपक्षीय साझेदारी र निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशका प्रतिनिधि दिलिप मुखिया, शिक्षाविद्, नीति निर्माता, शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार मधेश प्रदेशको शिक्षा क्षेत्रसँग सम्बन्धित विविध विषयमा बहस, अध्ययन तथा नीतिगत सुझाव संकलन गर्ने उद्देश्यले अन्तरक्रिया श्रृङ्खला सञ्चालन गरिएको हो। कार्यक्रममा उठाइएका सुझावहरूले आगामी दिनमा प्रदेशको शिक्षा नीतिलाई थप समावेशी, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

मेडिकल काउन्सिलले ल्यायाे ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!